प्रधानमन्त्री अस्पताल जानुअघि यस्तो निर्णय भएको थियो

246
फाइल तस्बिर

फागुन २२,
काठमाडौं । पछिल्लो मन्त्रिपरिषद बैठक फागुन १८ गते आइतबार बसेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले अब अर्को बैठक आफू अस्पतालबाट डिस्चार्ज भएपछि एक साता पछाडि बस्ने अस्पताल भर्ना हुनुअघिको भिडियो सन्देशमा बताइसकेका छन् । आइतबारको मन्त्रिपरिषद बैठकका अधिकांश निर्णयहरु सार्वजनिक भइसकेका छन् । यसैबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषदका ११ वटा निर्णयहरु सार्वजनिक गरेका छन् ।