प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणः के भयो ? कस्तो छ ? अवस्था

172

फागुन २२,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि बुधबार बिहान १० बजेपछि अपरेशन थिएटरमा लगिएको थियो । ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालले पत्रकार सम्मेलन गरेर स्वास्थ्यस्थितिबारे जानकारी दिन लागेको छ।

चिकित्सकहरुले अनौपचारिक रुपमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको बताएपनि अस्पतालले औपचारिक पत्रकार सम्मेलनमार्फत जानकारी दिने जनाएको छ । प्राध्यापक डा अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट भएको छ । ओलीलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन् ।