एकाएक कांग्रेसले गर्यो यस्तो निर्णय

238

फागुन २२,
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले पार्टीको भेला, सम्मेलन र सभाहरु स्थगित गरेको छ । तर क्रियाशील सदस्यता वितरण तथा नविकरण लगायतका १४औं महाधिवेशनको तयारी कामहरु भने जारी रहने उसले बताएको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले सगरमाथा सम्वाद कार्यक्रम स्थगित गरेको छ भने सभा, सम्मेलनलगायतका कार्यक्रम स्थगित गर्न सबैलाई आग्रह गरेको छ । कोरोनाको जोखिम सामना गर्ने साझा अभियानमा सरकारलाई साथ दिने कांग्रेसले बताएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गरी पार्टी र भ्रातृ संघसंस्थाको सबै तहका ठूलो भेला, सम्मेलन र सभालगायतका कार्यक्रम अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन् । कोरोना संक्रमणबारे सतर्कता र चेतना अभियान चलाइने समेत कांग्रेसले बताएको छ ।