चैत २२,
काठमाडौं । सरकारले २० लाखभन्दा बढीको संख्यामा रहेका अस्थायी भिसा बाहेकलाई आफ्नो घर फर्कन सुझाएको छ । अष्ट्रेलियामा कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण आर्थिक मन्दी र बेरोजगारी बढेको भन्दै सरकारले विद्यार्थी, दक्ष कामदार र पर्यटकलाई घर फर्कन सुझाएइको हो ।अष्ट्रेलियामा विभिन्न प्रकारका अस्थायी २१ लाख ७० हजार पर्यटक छन् । उनीहरु अष्ट्रेलियाको अर्थतन्त्रका लागि निकै महत्वपूर्ण रहेको...
चैत २२,
काठमाडौं । नेपालमा कोरोना संक्रमणको दोस्रो चरण सुरु भएको छ । आज पहिलो पटक नेपालभित्रै एकबाट अर्को व्यक्तिमा कोरोना सरेको पुष्टि भएसंगै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो । आज शनिवार एकै दिन थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अनुसार आज शनिवार थप ३ जनामा संक्रमण पुष्टि भएको हो ।...
चैत २२, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ९ जना पुगेको छ । कैलाली र कञ्चनपुरमा कोरोना भाइरस संक्रमित थप ३ जना फेला परेसँगै संक्रमितको संख्या ९ पुगेको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषमा कोरोना भाइरस पुष्टि भएको छ ।
यस्तै भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष पनि कोरोना पुष्टि भएको छ...
चैत २१,
काठमाडौं । करिब ३ महिना अगाडी चीनको वुहानबाट फैलिएको कोरोना भाईरसको कारण हालसम्म करिब ५५ हजार जना मानिसको मृत्यु भएको छ । यो भाईरसको संक्रमण २०४ देशमा फैलिएको छ । जसमा ५४ हजार ४ सय ४२ जनाको मृत्यु, १० लाख ३३ हजार २ सय १० जना संक्रमित छन् । सबै भन्दा धेरै मानिसको मृत्यु इटालीमा १३ हजार...
चैत २१,काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको प्रयासमा देश अहिले लकडाउनमा छ । अत्यावश्यक सेवा बाहेकका सबै कार्यालय, शैक्षिक संस्थाहरु पनि बन्द छन् । सरकारले घर बाहिर ननिस्किन सबैलाई निर्देशन दिएको छ । यस्तो अवस्था कहिलेसम्म रहला भन्ने यकिन छैन । यदि लामो समयसम्म लकडाउन भएमा विद्यार्थीहरुको पढाइ प्रभावित हुनसक्ने भन्दै शिक्षा मन्त्रालयका अधिकारीहरु पढाउने नयाँ तरिकाको तयारीमा...
चैत २१,
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा अहिलेसम्म कोही पनि व्यक्तिमा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट नभेटिएको स्पष्ट पारेको छ । पोखरामा भर्खरै स्थापना गरिएको प्रयोगशालाको मेसिनको बैधता र प्रक्रियाको कुरा पनि देवकोटाले उठाए । कुनै केस शंकास्पद भयो भने त्यहाँ फेरि दोहोर्याएर हेर्ने गरिएको उनले बताए ।प्रवक्ता देवकोटाले पोखराको सन्दर्भमा दिएको प्रतिक्रिया उनकै शब्दमा यस्तो छ–यो अलिकति के...
चैत २१,
काठमाडौं । कोरोना भारइसको संक्रमण नफैलिओस् भनेर नेपाल सरकारले चैत ११ गतेदेखि देशभरि लक डाउन गरेको छ। सुरूमा एक हप्ताका लागि भनिएको लक डाउन थपेर दुई हप्ता पुर्याइएको छ। धेरै मानिसहरूलाई लक डाउन फेरि थपिन्छ कि थपिन्न भन्ने चासो छ किनकी हाम्रो छिमेकी भारतले सुरूमै तीन हप्ता लामो लक डाउन घोषणा गरेको छ।एउटा नयाँ अध्ययनलाई आधार मान्ने हो...
चैत २०,
बीबीसी ।
धेरै समय भइसकेको जस्तो लागे पनि कोरोनाभाइरसबारे चर्चा हुन थालेको गत डिसेम्बर महिनादेखि हो। वैज्ञानिकहरूले धेरै प्रयत्न गरिरहेको भए पनि हामीले कोरोनाभाइरसबारे अझै धेरै बुझ्न बाँकी नै छ। त्यो भाइरससम्बन्धी अनुत्तरित प्रश्नको उत्तर खोज्न विश्वभरि भइरहेका परीक्षणमा हामी पनि प्रत्यक्ष वा परोक्ष सहभागी भइरहेका छौँ।तीमध्ये महत्त्वपूर्ण प्रश्नहरू यी हुन्।१. कति मानिस सङ्क्रमित भएका छन्
यो सबैभन्दा आधारभूत प्रश्नमध्ये...
चैत २०,काठमाडौं । नेपालमा छैटौं कोरोना भाइरस संक्रमित बिरामी फेला परेका छन् । कतारको राजधानी दोहाबाट नेपाल आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार गरिएको परीक्षणमा कतारबाट आएका थप एक जनामा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए...
चैत २०,
काठमाडौं । सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल आयल निगमले ५० करोड रुपैयाँ सहयोग गरेको छ । बुधबार बसेको निगम सञ्चालक समिति बैठकले कोषमा ५० करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । सहयोग रकमको चेक बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाइएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिए । सहयोग रकम निगको विगत...







