कोरोना अपडेटः करिब ५५ हजारको मृत्यु, २०४ देशमा संक्रमण फैलियो

250
सांकेतिक तस्विर

चैत २१,
काठमाडौं । करिब ३ महिना अगाडी चीनको वुहानबाट फैलिएको कोरोना भाईरसको कारण हालसम्म करिब ५५ हजार जना मानिसको मृत्यु भएको छ । यो भाईरसको संक्रमण २०४ देशमा फैलिएको छ । जसमा ५४ हजार ४ सय ४२ जनाको मृत्यु, १० लाख ३३ हजार २ सय १० जना संक्रमित छन् । सबै भन्दा धेरै मानिसको मृत्यु इटालीमा १३ हजार ९ सय १५ जना रहेका छन् । संक्रमण धेरै अमेरिकामा २ लाख ४५ हजार ४ सय ४२ जना छन् तेहा ६ हजार ९८ जनाको मृत्यु भएको वल्र्डमिटरले सार्वजनिक गरेको छ ।