नेपालमा कोरोना संक्रमण दोस्रो चरणमाः हौशियार हौं, ध्यान दिऔं, महामारीबाट बचौं

180
सांकेतिक तस्विर

चैत २२,
काठमाडौं । नेपालमा कोरोना संक्रमणको दोस्रो चरण सुरु भएको छ । आज पहिलो पटक नेपालभित्रै एकबाट अर्को व्यक्तिमा कोरोना सरेको पुष्टि भएसंगै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो । आज शनिवार एकै दिन थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अनुसार आज शनिवार थप ३ जनामा संक्रमण पुष्टि भएको हो । आज भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारत कै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषमा भाइरसको संक्रमण पुष्टि भएको हो । त्यस्तै कैलालीमा एक ३४ वर्षीय महिलालाई पनि भाइरसको पुष्टि भएको छ । यी महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषका आफन्त हुन् । योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा ९विदेशबाट नआएको० कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ । यस संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।

कैलालीको घटनासंगै बाहिरबाट आएका मानिसमा देखिएको संक्रमण स्थानीय मानिसमा सरेको पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनले यसलाई भाइरस संक्रमणको दोस्रो चरणको रुपमा परिभाषित गरेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणको दरलाई ४ चरणमा छुट्याएको छ । जसमा पहिलो चरण आयातीत संक्रमण हो जहाँ संक्रमण फैलिएका मुलुकमा भ्रमण गरेका मानिसबाट मुलुकमा भाइरस मुलुकमा भित्रिन्छ। आज भन्दा अगाडी नेपाल यहि चरणमा थियो, जहाँ विदेशबाट आएकामा मात्र भाइरसको संक्रमण देखिएको थियो ।

दोस्रो चरण भनेको स्थानीय रुपमा संक्रमण फैलिनु हो। अर्थात् बाहिरबाट आएका मानिसमा देखिएको संक्रमण स्थानीय मानिसमा सर्न थाल्नु । नेपाल अब संक्रमणको दोस्रो चरणमा पुगेको छ। तेस्रो चरणमा संक्रमण सामुदायिक रुपमा फैलिन्छ । यो चरणमा संक्रमित वा विदेशबाट आएका मानिससँग नभेटेकाहरुमा पनि संक्रमण हुन थाल्छ । चौथो तथा अन्तिम चरण महामारी हो । यो संक्रमणको सबैभन्दा खराब अवस्था हो यो यसमा भाइरसको प्रकोप रोक्न निकै कठिन हुन्छ । यो चरण अधिकमात्रामा संक्रमितको संख्या स्थानीय रुपमा फैलिँदै जानु हो। bizpati.com