चैत २०,
काठमाडौ । यतिबेला कोरोना भाइरस (कोभिड१९) ले विश्व तरंगित छ। कोरोनाबाट नेपाल पनि अछुतो रहन सकेको छैन। सरकारले दोस्रो चरणको लकडाउन गरेको छ। जुन चैत २५ सम्म लागू हुनेछ। कोरोना भाइरसबाट सुरक्षित रहन सरकारले प्रधानमन्त्री राहत कोष स्थापना गरेको छ। राहत कोषमा नेपाली कलाकारले पनि आफ्नो क्षमताअनुसार सहयोगी हात अगाडि बढाएका हुन्। तिनैमध्ये एक हुन लोक दोहोरी क्षेत्रका...
चैत २०,
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएका दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ नै आएको छ । फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी युवती र यूएईबाट काठमाडौं आएका युवाको दोस्रो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको हो । चैत ४ मा फ्रान्सबाट नेपाल आएकी १९ वर्षीय युवतीमा चैत १० गते र यूएईबाट चैत ६ गते नेपाल आएका ३४...
चैत १९,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशपछि ओम्नी समूहसँग भएको सम्झौता रद्ध भएको खुलासा भएको छ । सल्लाहकारहरुले चीनबाट स्वास्थ्य उपकरण खरिद गर्नका लागि भएको सम्झौताबारे गलत ब्रिफिङ गर्दै निर्णय सही भएको प्रधानमन्त्रीलाई बताएका थिए । तर, सल्लाहकारको सो घेरा तोड्दै प्रधानमन्त्रीका एक विश्वासपात्रले स्वास्थ्य सामग्री खरिदमा ठूलो आर्थिक चलखेल भएको तथ्यसहित सविस्तार प्रधानमन्त्रीलाई जानकारी गराएपछि प्रधानमन्त्री...
चैत १९,
काठमाडौं । कोरोना भाइरसको फैलावट रोक्नको लागि सरकारले लगाएको लकडाउने पारेको प्रभावलाई मध्यनजर गर्दै सरकारले आर्थिक र राहत प्याकेज १६ चैतमा घोषणा गरेको थियो । जसमा न्यून आय भएका र असंगठित क्षेत्रका मजदुरलाई राहत उपलब्ध गराउने निर्णय सरकारले गरेको थियो ।लकडाउन अवधिभर पुग्ने गरी दिइने भनेको राहत कतिरु कसरी वितरण गर्ने कस-कसलाई वितरण गर्ने लगायत विषयलाई व्यवस्थित गर्नको...
चैत्र १८,
भक्तपुर। दिनभर सडकमा डियुटीमा खटिएका प्रहरीलाई सडकमै पुगेर खानेकुरा देखि पन्जासम्म वितरण गरिएको छ । नेपाल दशनामी समाज भक्तपुरका युवा अध्यक्ष एवं भक्तपुर मोटर ड्राइभिङ्ग ट्रेनिङ्ग सेन्टरका अध्यक्ष गोकुल वन र उनका साथीहरुले सडक मै गएर नेपाल प्रहरी, शसस्त्र प्रहरी र ट्राफिक प्रहरीलाई सामाग्रीहरु प्रदान गरेका छन् । वनलाई यो कार्यमा साथीहरु राजु सुवाल, साजन थापा, प्रविन गिरीले...
चैत १९,
मोरङ । मोरङको कटहरी गाउँपालिका स्थानीयले वडाध्यक्षको घरमै राहत सामाग्री पुर्याइदिएका छन् । बुधबार स्थानीय युवाको समूहले चामल, तरकारी, नुन, तेलसहितको राहत सामग्री वडाध्यक्षको घरमै पुर्याइदिएका हुन् । स्थानीयले वडाध्यक्षलाई राहतको आवश्यकता परेकोले खाद्यसामग्री लगिदिएका भने हैनन् । लकडाउनको कारण समस्यामा परेको बेला पनि वास्ता नगरेको भन्दै आक्रोशित स्थानीयले व्यंग्यस्वरूप कटहरी–१ का वडाध्यक्ष कपुरलाल माझीको घरमा राहत...
चैत १९,
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बजार दरभन्दा महँगो पर्नेगरी चीनबाट मेडिकल सामग्री खरिद गरेर आर्थिक अनियमितता गरेको दावीसहित विवेकशील नेपाली दलका नेता तथा बागमती प्रदेशसभा सदस्य रमेश पौड्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन् । पौड्यालले आयोगको वेवसाइटमार्फत उजुरी दिएको बताएका छन् ।उनको उजुरीमा...
चैत १८,
बीबीसी । कोरोनाभाइरसको प्रभावले पूर्वी एशिया र प्रशान्त क्षेत्रका झण्डै २ करोड ४० लाख मानिसलाई गरिबीबाट पार पाउनबाट रोक्ने विश्व ब्याङ्कको एउटा अध्ययनले देखाएको छ। उसले सबै देशमा कोरोनाभाइरसको सङक्रमणका कारण उत्पन्न परिस्थितिको उल्लेख्य आर्थिक प्रभाव पर्ने बताएको छ ।
विश्व ब्याङ्कले सबैभन्दा बढी जोखिममा भाइरसको प्रभावको असर देखिने उद्योगमा आश्रित परिवारहरू रहेको उल्लेख गरेको छ।उसका अनुसार थाइल्याण्ड...
चैत १८,
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीलाई वैशाख ३ गतेसम्म नियमित हवाई सेवा बन्द हुने जानकारी दिएको छ । प्राधिकरणको परिपत्रअनुसार अब आन्तरिक तथा बाह्य दुबै उडान १५ अप्रिल (३ वैशाख) सम्म नै बन्द रहने छन् । अर्थात् लकडाउन २५ चैतमा खुले पनि हवाई कम्पनीले भने ३ वैशाखसम्म उडान गर्न पाउने छैनन् ।कोभिड १९ रोकथाम...
चैत १८,
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरस संक्रमणको एउटा डरलाग्दो धरातल प्रकाशमा आएको छ । दिल्लीस्थित मुस्लिम संस्था तबलीगी जमातको मुख्यालय रहेको निजामुद्दिनमा मार्चको दोस्रो हप्ता आयोजित एउटा धार्मिक कार्यक्रममा सहभागीमध्ये २४ जनामा कोरोनाभाइरसको संक्रमण पाइएको हो । सो सभामा भाग लिएर फर्किएका ६ जनाको तेलंगानामा मृत्यु भएको छ । त्यस्तै, अन्य राज्यमा गरेर उक्त सभामा...










