आयल निगमले दियो कोरोना नियन्त्रण कोषलाई ५० करोड

194

चैत २०,
काठमाडौं । सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल आयल निगमले ५० करोड रुपैयाँ सहयोग गरेको छ । बुधबार बसेको निगम सञ्चालक समिति बैठकले कोषमा ५० करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । सहयोग रकमको चेक बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाइएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिए । सहयोग रकम निगको विगत १५ दिनको तेल तथा ग्यास बेचेर कमाएको नाफा बराबर हो ।