Friday, July 31, 2026
Home Blog Page 1160
बैशाख २०, महोत्तरी । महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मर्ने मृतकको सङ्ख्या ११ पुगेको छ । आज बर्दिवास–१२ स्थित इटाभट्ठामा काम गर्ने ५५ वर्षीय भारतीय मोतिलाल प्रजापति र भङ्गाहा–६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु भएपछि मृतकको सङ्ख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बर्दिवास–१२ मेघरोल र भङ्गाहा–७ मेघनाथ गोरहन्नामा ...
बैठकअगाडि तीन नेतासँग प्रधानमन्त्री ओलीको संवाद बैशाख २०, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्‍नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले तीनजना नेतासँग छलफल गरेका छन्। सुरुमा आफूपछि प्रधानमन्त्रीका रुपमा प्रस्तावित उपाध्यक्ष वामदेव गौतमसँग वार्ता गरेका ओलीले अन्य दुई नेतासँग पनि वार्ता गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार साढे ५ बजेदेखि सचिवालय बैठक बस्‍नुअघि ओलीले...
बैशाख २०, काठमाडौं । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । केहीबेर अघि प्रधानमन्त्री ओली शीतलनिवास पुगेको राष्ट्रपतिको कार्यालयले पुष्टि गरेको छ । उनीहरुबीच अहिले भेटवार्ता जारी रहेको छ ।पार्टीभित्रैबाट प्रधानमन्त्रीको राजीनामा मागिएपछि अप्ठेरोमा परेका ओलीले पछिल्लो समय संबैधानिक निकायका प्रमुखलाई पालैपालो भेट्दै आएका छन् । अध्यादेश...
बैशाख १९, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।शुक्रवार साँझ नेता नेपालसँगको भेटवार्ताका लागि प्रचण्ड कोटेश्वर पुगेका थिए ।दुई नेतबीच पार्टीमा देखिएको पछिल्लो विवादका बारेमा कुराकानी भएको जनाइएको छ । पछिल्लो समय अध्यक्ष प्रचण्ड र नेता नेपाल नेपाल लगायतको समूहले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी ओली विरुद्ध मोर्चाबन्दी गरेका...
बैशाख १९, काठमाडौं । मुलुकभर हालसम्म कोरोना परीक्षणको संख्या ६० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार अपराह्‍नसम्म पीसीआर विधिमार्फत १२ हजार ५ सय ७७ र र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिमार्फत ४७ हजार ७ सय ९७ गरी कुल ६० हजार ३ सय ७४ वटा परीक्षण भएको छ । शुक्रबार मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य समन्वय...
बैशाख १७, काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालबीच एकीकरण भइ जनता समाजवादी पार्टी बनेको एक साता बितेको छ । बैशाख १० गते एकीकरण गर्ने अहिले सैद्धान्तिक सहमति मात्र भएको छ तर को कुन पदमा बस्ने भनि नेताहरुको बीचमा आन्तरिक खिचातानी शुरु भएको छ ।तत्कालीन राजपा नेपाल अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरलाई पहिलो र डा।बाबुराम भट्टराईलाई दोस्रो...
बैशाख १७ काठमाडौं । चार दिनअघि आफ्नी आमा गुमाएका इरफान खान आफैँ बुधबार संसारबाट बिदा भएको खवरले अभिनयका पारखीलाई स्तब्ध बनाएको छ । बलिउडका फिल्म र नाटकबाट अभिनयमा उचो कद बनाएका इरफानको डेगलाई दुर्लभ क्यान्सरले ५३ वर्षकै उमेरमा पूर्णविराम लगाइदियो । एउटा– राम्रो अभिनय गर्ने कलाकारले अल्पायुमै छाड्यो । सुरुवाती दिनमा इरफानले ‘सलाम बम्बे’, ‘कमलाकी मौत’, ‘एक डाक्टरकी मौत’ जस्ता...
बैशाख १७, काठमाडौं । लामो समयदेखि लकडाउन हुँदा खासगरी सहरीक्षेत्रमा डेरा गरिबस्ने विद्यार्थी ,मजदुर तथा न्यन आयआर्जन भएका ब्यक्ति तथा परिवार समस्यामा पर्दै गएका छन । एक हप्ता दुई हप्ता हुँदै दोस्रो पाँच हप्ता सम्म आइपुदासम्म पनि लकडाउन कहिले सम्म भन्ने टुंगो छैन । पछिल्लो समय २५ गते सम्मलाई तोकिएको छ तर धेरैको घरमा सामल सक्किसकेको छ। सरकारी सयन्त्रबाट...
वैशाख १७, कैलाली । कैलालीमा प्रहरी कार्यालयभित्रै एक प्रहरी जवान मृत फेला परेका छन्। अछामका २९ वर्षीय लोकेन्द्र बोहोराको शव बुधबार बिहान ३ बजे प्रहरी कार्यालयभित्रै मृत फेला परेका हुन् । कैलालीको महोन्याल गाउँपालिका ४ खिमडीमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानको मृत्युबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले बताए ।राति ब्यारेकमा खाना खाएर...
बैशाख १६, रौतहट । भारतबाट चोरबाटो हुँदै नेपाल आएका रौतहटका दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जिल्लाको वृन्दावन नगरपालिका वडा नंं ९ भुसाहा बस्ने २४ वर्षीय र देवाही गोनाही नगरपालिका वडा नंं १ करुनीया बस्ने ३५ वर्षीय गरी दुईजना पुरूषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिएका छन। वृन्दावन नगरपालिकाका संक्रमित युवा अहिले घर...