पार्टीको बैठकअघि शीतलनिवास पुगे प्रधानमन्त्री ओली

343

बैशाख २०,
काठमाडौं । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । केहीबेर अघि प्रधानमन्त्री ओली शीतलनिवास पुगेको राष्ट्रपतिको कार्यालयले पुष्टि गरेको छ । उनीहरुबीच अहिले भेटवार्ता जारी रहेको छ ।

पार्टीभित्रैबाट प्रधानमन्त्रीको राजीनामा मागिएपछि अप्ठेरोमा परेका ओलीले पछिल्लो समय संबैधानिक निकायका प्रमुखलाई पालैपालो भेट्दै आएका छन् । अध्यादेश प्रकरणले नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । आजै साझ नेकपाको सचिवालय बैठक बोलाइएको छ । उक्त बैठकमा ओलीले कस्तो प्रस्ताव ल्याउने हुन् भन्ने सर्वत्र चासो बढेको छ ।