कोरोना परीक्षण ६० हजार, क्‍वारेन्टाइनमा २५ हजार नेपाली

150
सांकेतिक तस्विर

बैशाख १९,
काठमाडौं । मुलुकभर हालसम्म कोरोना परीक्षणको संख्या ६० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार अपराह्‍नसम्म पीसीआर विधिमार्फत १२ हजार ५ सय ७७ र र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिमार्फत ४७ हजार ७ सय ९७ गरी कुल ६० हजार ३ सय ७४ वटा परीक्षण भएको छ । शुक्रबार मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य समन्वय महाशाखा प्रमुख एवं प्रवक्ता विकास देवकोटाले गत २४ घण्टामा मात्र १ हजार ४ सय ६१ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिएका छन्। उनले देशभरका सातै प्रदेशमा आरडिटी परीक्षण जारी रहेको र त्यसको प्रादेशिक विवरण मन्त्रालयलाई प्राप्त भइसकेको पनि बताए। उनका अनुसार प्रदेश नम्बर १ मा ५ हजार ८९, प्रदेश नम्बर २ मा ५ हजार ६ सय १७, बागमती प्रदेशमा ८ हजार ४ सय ९४, गण्डकी प्रदेशमा ५ हजार ४ सय ११, प्रदेश नम्बर ५ मा ४ हजार ३५, कर्णाली प्रदेशमा ५ हजार ५ सय ६७ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ५ सय ८४ वटा परीक्षण गरिएको छ। शुक्रबार ९४ जना सम्‍भावित संक्रमित र संक्रमित आइसोलेसनमा रहेका छन्। तीमध्ये काठमाडौं उपत्यकामा ५ जना र काठमाडौंबाहिर ८९ जना रहेका छन्। मन्त्रालयका अनुसार क्वारेन्टाइनमा बस्‍नेहरूको संख्या देशभर २४ हजार ९ सय ७ जना पुगेको छ। तीमध्ये प्रादेशिक विवरण निम्‍नानुसार रहेको छ।