अलबिदा इरफान, हार्दिक श्रद्धान्जली

241

बैशाख १७
काठमाडौं । चार दिनअघि आफ्नी आमा गुमाएका इरफान खान आफैँ बुधबार संसारबाट बिदा भएको खवरले अभिनयका पारखीलाई स्तब्ध बनाएको छ । बलिउडका फिल्म र नाटकबाट अभिनयमा उचो कद बनाएका इरफानको डेगलाई दुर्लभ क्यान्सरले ५३ वर्षकै उमेरमा पूर्णविराम लगाइदियो ।
एउटा– राम्रो अभिनय गर्ने कलाकारले अल्पायुमै छाड्यो ।
सुरुवाती दिनमा इरफानले ‘सलाम बम्बे’, ‘कमलाकी मौत’, ‘एक डाक्टरकी मौत’ जस्ता चलचित्रमा अभियन गरेर आफ्नो परिचय दिइसकेका थिए । स्वास्थ्यमा खराबी देखिएपछि उनलाई मुम्बईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार पुर्याइएको थियो । जहाँ उनको आइसीयूमा राखेर उपचार गरिँै थियो ।
भारतीय समाचार माध्यम जुम टिभीले उनको निधन भएको खबर प्रकाशित गरेको हो । इराफान न्यूरोइन्डोक्राइन ट्युमरबाट ग्रसित थिए । लण्डनमा दुई वर्षको उपचारपश्चात् उनी २०१९ मा मुम्बई फिर्ता भएका थिए ।