राहत बितरण गर्न खबर गरेकै ठाउँमा पुग्छन् गणेश लामा

3424

बैशाख १७,
काठमाडौं । लामो समयदेखि लकडाउन हुँदा खासगरी सहरीक्षेत्रमा डेरा गरिबस्ने विद्यार्थी ,मजदुर तथा न्यन आयआर्जन भएका ब्यक्ति तथा परिवार समस्यामा पर्दै गएका छन । एक हप्ता दुई हप्ता हुँदै दोस्रो पाँच हप्ता सम्म आइपुदासम्म पनि लकडाउन कहिले सम्म भन्ने टुंगो छैन । पछिल्लो समय २५ गते सम्मलाई तोकिएको छ तर धेरैको घरमा सामल सक्किसकेको छ। सरकारी सयन्त्रबाट बितरण गरिरहेको राहत मात्र पर्याप्त छैन ।यसबीचमा थुप्रै सहगोगी हातहरुले आफ्नो गच्छ अनुसार स्वैच्छिक रूपमा सहयोग गर्दै आएका छन त्यस मध्येका एक हुन युवा नेता गणेश लामा । अहिलेसम्म सयौं परिवारलाई घर घर कोठा कोठामा पुगेर राहत बितरण गरिसकेका नेता लामाले सुरुमा काभ्रे जिल्ला घरभै काठमाडौ ,ललितपुर र भक्तपुरमा बसोबास गर्दै आएका विद्यार्थी, मजदुरबाट राहत बितरण शुरु गरेका थिए । यतिबेला भने जुनसुकै जिल्ला ,भूगोल तथा पेशा ब्यबसाय गरिबसेका साच्चै समस्यामा परेका परिवारलाई आफुले सकेको राहत बितरण गरिरहेको नेता लामाले हामी संगको कुराकानीमा बताए । उपत्यकामा बसोबास गरिरहेका ब्यक्तिमा मात्रै होइन काभ्रेमा जिल्लामा समस्या परेका ब्यक्ति तथा परिवारलाई स्थानीय नेता तथा साथीहरुको समन्वयमा पछी आफुले भुक्तानी गरिदिने गरि समेत राहत सहयोग गरिएको बताएका छन । यसैबीच ,काभ्रे जिल्लाको खानीखोला गाउँपालिका घरभै भक्तपुर चागुनारायण १ मा बसोबास गर्दै आएका ३७ घर परिवारलाई नेपाली काङ्ग्रेसका युवा नेता लामाले एक कार्यक्रमका बिच राहत बितरण गरेका छन । नेपाली काङ्ग्रेस जिल्ला समिति सदस्य दोर्जेमान जिम्बाको समन्वय र चागुनारायण १ का वडा अध्यक्ष राजेश खड्काको उपस्थितमा सो राहत बितरण भएको थियो । युवा नेता गणेश लामा गत प्रदेश सभा निर्वाचनमा सोही क्षेत्रका (१ ख, काभ्रें) नेपाली काङ्ग्रेसको तर्फबाट प्रत्यासी थिए भने नेता जिम्बा तत्कालीन लोकतान्त्रिक फोरमको तर्फबाट खानीकोला गाउँपालिकाको अध्यक्षका प्रत्यासी हुन ।