जसपा नेपालमा आन्तरिक खिचातानी

201

बैशाख १७,
काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालबीच एकीकरण भइ जनता समाजवादी पार्टी बनेको एक साता बितेको छ । बैशाख १० गते एकीकरण गर्ने अहिले सैद्धान्तिक सहमति मात्र भएको छ तर को कुन पदमा बस्ने भनि नेताहरुको बीचमा आन्तरिक खिचातानी शुरु भएको छ ।

तत्कालीन राजपा नेपाल अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरलाई पहिलो र डा।बाबुराम भट्टराईलाई दोस्रो वरियताक्रममा राख्ने मोटामोटी सहमति भएको थियो तर अन्य नेतालाई कसरी व्यवस्थापन गर्ने त्यसमा कुनै सहमति भएको छैन । समाजवादी पार्टीमा उपेन्द्र यादव, डा.बाबुराम भट्टराई र अशोक राई छन् भने राजपा नेपालमा अध्यक्षमण्डलका ६ जना सदस्य रहेका छन् । पहिलो चरणमा यी नेताहरुलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ । तर अहिले त्यसका लागि कुनै गृहकार्य शुरु भएको छैन । बरु तत्कालीन समाजवादी पार्टीका सांसद एवं केन्द्रीय सदस्य डा।सुरेन्द्र यादवको अपहरण कण्डलाई लिएर जसपाका नेताहरुले कहिले प्रहरी कार्यालय त कहिले सरकारी वकिलको कार्यालयमा धाइरहेका छन् ।

जसपा नेपालको नेतृत्व कसले गरिरहेको छ अहिलेसम्म स्पष्ट भएको छैन । प्रहरी कार्यालय र सरकारी वकिल कार्यालय दुवै पार्टीका शीर्ष नेताहरु गएका देखिन्छन् । हस्ताक्षर पनि शीर्ष नेताहरुकै हुन्छ । समाजवादी पार्टीबाट उपेन्द्र यादव, डा.बाबुराम भट्टराई तथा राजपा नेपालको तर्फबाट शरतसिंह भण्डारी, राजेन्द्र महतो लगायतको हस्ताक्षर हुने गरेको छ ।

बैशाख १० गतेको छलफलमा महन्थ ठाकुरलाई पहिलो बरियताक्रम यर्थात कार्यकारी अध्यक्ष दिने कुरा भएपनि उपेन्द्र यादव पनि कार्यकारीको दावी गरिरहेका छन् । डा।बाबुराम भटराईलाई संघीय परिषद्को अध्यक्ष दिने र महन्थ ठाकुरलाई महाधिवेशन आयोजक समितिको अध्यक्ष बनाएर आफू पार्टीको कार्यकारी भूमिकामा रहने उपेन्द्र यादवको दावी रहेको छ । र, अरु बाँकी रहेका अशोक राई, राजेन्द्र श्रेष्ठ, राजेन्द्र महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव तथा अनिल झालगायतका नेता राखेर सचिवालय बनाउने योजना उपेन्द्र यादवको रहेको छ । तर महन्थ ठाकुर पक्षधर नेताहरुले ठाकुरका लागि कार्यकारी अध्यक्षको दावी गरेका छन् । महन्थ ठाकुरले आफूलाई कार्यकारी अध्यक्ष अथवा दुवै दलबाट एक–एकजना रहने अध्यक्षमण्डल बनाउनुपर्ने प्रस्ताव गरेका छन् । उता, राजेन्द्र महतोले महन्थ ठाकुरलाई पार्टीको संरक्षक बनाएर आफूसहित चारजनाको अध्यक्षमण्डल बनाउनुपर्ने प्रस्ताव गरेको जसपा नेपाल स्रोतले जनाएको छ ।

यसै दावीहरुको बीचमा जसपामा आन्तरिक संघर्ष चलिरहेको प्रस्ट हुन्छ । नेताहरुले आ–आफ्ना लागि आन्तरिक रुपमा लविङ्ग गरिरहे पनि बैठक बोलाउन सकेको छैन । एकीकरणको विषयमा न समाजवादी पार्टीमा कुनै छलफल भएको छ न राजपा नेपालमा । उनीहरुले एकीकरणको सैद्धान्तिक छलफल गरेर मात्र जनता समाजवादी पार्टी बनाए तर अहिलेसम्म नयाँ पार्टीको समेत बैठक बसेको छैन ।