Home Blog Page 115
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुुपर्ने आवश्यकता भए पनि कुनै दललाई फुुटाउने र मिलाउने काम आफ्नो नभएको स्पष्ट गर्नुभएको छ ।नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई आज प्रधानमन्त्री निवास, बालुवाटारमा बधाई तथा शुुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले दल विभाजन गराउने सम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झुुठ र नकारात्मकता फैलाइएकामा चिन्ता व्यक्त गर्दै कुनै पनि दल मिल्ने...
काठमाडौं । आज सोमबार शेयर बजार तेस्रो दिन पनि घटेको छ। सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.५४ अंकले घटेको छ । आज नेप्से ०.५९ अंकले घटेर २५९४.१३ विन्दुमा पुगेको छ । नेप्से घट्दा आइतबारको तुलनामा कारोबार भने बढेको छ । ६ अर्ब ६५ करोड ८ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ३८ लाख ७० हजार ५७९ कित्ता शेयर...
भक्तपुर । भक्तपुर जिल्ला भूमि आयोगको अध्यक्षमा दिपक बिसुङ्के नियुक्त भएका छन् । नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय बमोजिम बिसुङ्क भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला अध्यक्ष भएका हुन् । आयोगले भूमिहीन दलित, सुकुमबासी, अव्यवस्थित बसोबासीलगायतका समस्या समाधानमा गर्ने मुख्य जिम्मेवारी रहेको छ । आयोग अध्यक्ष सहसचिवस्तर सुविधा पाउने छन् । बिसुङ्के भक्तपुरको सूर्यविनायक नगरपालिका -५ ,कटुन्जेका बासिन्दा हुन् ।...
बाजुरा । सडक शिलान्यास भएको २५ वर्षपछि बाजुराको कोल्टीमा बस पुगेको छ । २५ वर्ष पहिले शिलान्यास भएको बाजुराको मार्तडी–कोल्टी सडकखण्डबाट पहिलो पटक कोल्टीमा बस पुगेको हो । शुक्रबार महाकाली यातायात प्रालिद्वारा सञ्चालित तीन वटा बस कोल्टी पुगेका हुन् । दुर्गम क्षेत्र कोल्टीमा पहिलो पटक बस पुगेपछि स्थानीय खुसी भएका छन् । कोल्टीमा बस पुगेपछि अब सहज रूपमा सर्वसाधारणले...
काठमाडौं । दीवाकर भट्टराईको निर्देशनमा बनेको फिल्म ‘मायावी’को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक दुई पोस्टरले फिल्मका मुख्य दुई पात्र पल शाह र दीपिका प्रसाइँको मनोदशा दर्शाउँछ । एउटा पोस्टरमा पल पीडामा देखिन्छन् । तर, अर्कोमा उनी दीपिकासँग प्रेमिल भावमा छन् । यसबाट के प्रष्ट हुन्छ भने फिल्मले प्रेम र वियोगलाई मुख्य कथावस्तु बनाएको छ ।...
भक्तपुर । बौद्ध धर्मावलम्बीहरुले मनाउँदै आएको ‘सम्यक दान पर्व’ तयारी पुरा भएको छ । सम्यक महादान व्यवस्थापन सहयोग समिति समितिका अध्यक्ष गणेश बज्राचार्यका अनुसार यसवर्ष २ हजारबढी भिक्षुलाई महादन गरिने भएको छ । यो पर्व यही माघ १ गते मंगलबार मनाइदैंछ । करिब ३५० वर्ष अघि (नेपाल सम्बत ७८७ साल) अघिबाट प्रत्येक वर्ष माघ १ गते भक्तपुरमा यो पर्व...
काठमाडौं । सुनको भाउ आइतबार बढेको छ । तोलामा १ हजार ६ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबार प्रतितोला १ हजार ६ सयले बढेर १ लाख ५५ हजार ७ सयमा कारोबार भइरहेको छ । गत शुक्रबार तोलाको १ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसको अघिल्लो दिन तोलाको...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् । उनी काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी बनाइएका व्यक्ति हुन् । प्रहरीको अनुसन्धानका क्रममा मुद्दा प्रक्रियामा सहभागी हुन उनी केहीबेर अघि काठमाडौँ जिल्ला अदालत आइपुगेका हुन् । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा बिहीबार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछाने शुक्रबार काठमाडौँ...
बीबीसी । एक छ वर्षीय छोरीकी आमा अर्चनाले आफ्नी सन्तानको शरीरमा उल्लेख्य परिवर्तन देखेपछि त्यो अस्वाभाविक मान्दै चिन्तित भइन्। म त्यस्तो कलिलो उमेरमा यो देखेर आत्तिएँ। उनी साना कुरामै झर्किन थालेकी थिइन्। ती परिवर्तनहरूले मलाई चिन्तामा पार्‍यो, उनले भनिन्। अर्चना उनको वास्तविक नाम होइन। उनी आफ्नो परिवारसँग पश्चिम भारतको सतारा जिल्लामा बस्छिन्। उनी खेतबारीबीच रहेको एउटा सानो घरमा आफ्ना...
भक्तपुर । प्याब्सन भक्तपुरकाे अध्यक्षमा राजन कसपाल चयन भएका छन् । शुक्रबार सम्पन्न १६ औँ जिल्ला अधिवेशनबाट कसपालको नेतृत्वमा सर्वसम्मत रुपमा चयन भएका हुन् । प्याब्सन भक्तपुरको वरिष्ठ उपाध्यक्ष निलेश आचार्य, उपाध्यक्ष बिजय कर्माचार्य, सचिव सूर्य बहादुर भण्डारी,सहसचिवना लिलानाथ निरौला, काेषाध्यक्ष रत्नमान शंखदेव, सह-कोषाध्यक्ष लक्ष्मी कुटु चयन भएका हुन् ।त्यसैगरी सदस्यहरुमा मीना महर्जन, इश्वर बहादुर श्रेष्ठ, प्रभुनारायण...