भक्तपुर । प्याब्सन भक्तपुरकाे अध्यक्षमा राजन कसपाल चयन भएका छन् । शुक्रबार सम्पन्न १६ औँ जिल्ला अधिवेशनबाट कसपालको नेतृत्वमा सर्वसम्मत रुपमा चयन भएका हुन् । प्याब्सन भक्तपुरको वरिष्ठ उपाध्यक्ष निलेश आचार्य, उपाध्यक्ष बिजय कर्माचार्य, सचिव सूर्य बहादुर भण्डारी,सहसचिवना लिलानाथ निरौला, काेषाध्यक्ष रत्नमान शंखदेव, सह-कोषाध्यक्ष लक्ष्मी कुटु चयन भएका हुन् ।
त्यसैगरी सदस्यहरुमा मीना महर्जन, इश्वर बहादुर श्रेष्ठ, प्रभुनारायण यादव, शंकरकुमार कर्ण कायष्ठ र श्रीकृष्ण कार्की रहेका छन् ।
महाधिवेशन प्रतिनिधिहरुमा जीवन श्रेष्ठ, यज्ञराज भट्टराई र दिनेश मैनाली चयन भएका छन् ।