काठमाडौं । आज सोमबार शेयर बजार तेस्रो दिन पनि घटेको छ। सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.५४ अंकले घटेको छ ।
आज नेप्से ०.५९ अंकले घटेर २५९४.१३ विन्दुमा पुगेको छ । नेप्से घट्दा आइतबारको तुलनामा कारोबार भने बढेको छ । ६ अर्ब ६५ करोड ८ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ३८ लाख ७० हजार ५७९ कित्ता शेयर किनबेच भएको छ ।
आज ६३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३२२ वटा कम्पनी कारोबारमा आउँदा ६४ हजार २७८ पटक शेयर किनबेच भएको छ । यस्तै १३ वटा समूहमध्ये सबै समूह रातामय भएको छ । आज सबैभन्दा बढी ट्रेडिङ समूह १.८९ प्रतिशतले घटेको छ भने सबैभन्दा कम निर्जीवन बिमा ०.०२ प्रतिशतले घटेको छ ।