बीबीसी । एक छ वर्षीय छोरीकी आमा अर्चनाले आफ्नी सन्तानको शरीरमा उल्लेख्य परिवर्तन देखेपछि त्यो अस्वाभाविक मान्दै चिन्तित भइन्। म त्यस्तो कलिलो उमेरमा यो देखेर आत्तिएँ। उनी साना कुरामै झर्किन थालेकी थिइन्। ती परिवर्तनहरूले मलाई चिन्तामा पार्यो, उनले भनिन्। अर्चना उनको वास्तविक नाम होइन। उनी आफ्नो परिवारसँग पश्चिम भारतको सतारा जिल्लामा बस्छिन्। उनी खेतबारीबीच रहेको एउटा सानो घरमा आफ्ना श्रीमान् र दुई सन्तानसाथ बस्छिन्। उनका एक छोरा र छोरी छन्।
अर्चनाले आफ्नी छोरी उमेरभन्दा ठुली देखिन थालेपछि चिकित्सककहाँ लैजाने निधो गरिन्। त्यसैबीच दिल्लीमा बस्ने राशीले समेत आफ्नी छोरीको शरीरमा परिवर्तनहरू देखिरहे तापनि त्यसलाई सामान्य ठानिरहेकी थिइन्। उनकी छ वर्षीया छोरीको तौल ४० केजीको थियो र त्यसलाई उनी स्वस्थ सन्तान ठानेकी थिइन्। तर एक दिन राशीकी छोरीले अचानक आफ्नो रक्तस्रावको भएको सुनाइन्।
चिकित्सककहाँ पुगेपछि उनकी छोरीको महिनावारी सुरु भएको थाहा भयो। हामीलाई त्यो स्वीकार्न निकै कठिन भइरहेको थियो। मेरी छोरीले आफूलाई भइरहेको कुरा बुझ्न सकिरहेकी थिइनन्, राशीले भनिन्। त्यसैबेला एक स्थानीय चिकित्सकले अर्चनालाई एक प्रशुतिरोग विशेषज्ञलाई भेट्न सुझाए। अर्चनाले आफ्नी छोरीलाई हामीकहाँ ल्याएपछि उनको जाँच गरेर हेर्दा यौवन अवस्थाका सबै लक्षण उनमा पाइए। उनको शरीर १४ देखि १५ वर्षीया किशोरीको जस्तो थियो र उनको महिनावारी जुनसुकै बेला सुरु हुन सक्थ्यो, पुणेस्थित मदरहुड अस्पतालका डा सुशील गरुडले भने। डा गरुडका अनुसार ती बालिकामा हर्मोनको तह सामान्यतः उनको उमेरमा हुनेभन्दा निकै नै धेरै थियो। त्यसको कैयौँ कारण हुन सक्छन्।
अर्चनाले मलाई बताए अनुसार उनको घरमा दुई वटा पाँच केजीका विषादी राखिएका डिब्बा छन् र उनकी छोरी तिनकै छेउछाउ खेल्ने गर्छिन्। त्यसैले यो ती बालिकाको हर्मोनहरू परिवर्तन हुने एउटा मुख्य कारण हुनसक्छ, ती चिकित्सकले भने।
डा गरुडका अनुसार बालबालिकामा हुने समय अगावैका परिवर्तनलाई शीघ्र यौवनकाल भनिन्छ। यौवन अवस्था भनेको बालक वा बालिकाको शरीरमा परिवर्तनहरू देखा पर्ने, उनीहरूका यौनाङ्गहरू विकास हुन थाल्ने र सन्तान जन्माउने क्षमता विकास गर्ने प्रक्रिया हो।
के कारण समयअगावै यौवन अवस्था निम्तिन्छ ?
तस्बिरको क्याप्शन,चिकित्सकहरू समयअगावै यौवन अवस्था सुरु हुनुका कारण धेरै खाले हुने ठान्छन्
चिकित्सकहरू यसका कारण धेरै प्रकारको हुने ठान्छन्। यससम्बन्धी अध्ययनहरू जारी रहेकाले त्यसको एउटै ठोस कारण भन्न सकिने अवस्था समेत छैन। उनीहरूका अनुसार विषादी, खानामा प्रयोग हुने प्रिजर्भेटिभ्स, प्रदूषण र मोटोपन यसका केही सम्भावित कारणहरूमध्ये हुन सक्छन्।
मुम्बईमा साना केटीहरूमा देखिने समस्याबारे अध्ययन गरिरहेका डा प्रशान्त पटिलका अनुसार मोटोपन यस्तो अवस्थाका लागि एउटा ठूलो जोखिमयुक्त पक्षका रूपमा छ। कोभिड-१९ महामारीका बेला बढेको मोटोपनसँगै यस्तो समस्यामा वृद्धि देखिएको हो।
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसार ५ देखि १९ वर्षको उमेर समूहका ३९ करोडभन्दा धेरै बालबालिका र किशोर(किशोरीमा मोटोपनको समस्या देखिन्छ भने त्यसमध्येका १६ करोडमा अत्यधिक मोटोपन रोगकै अवस्थामा छ।
अत्यधिक मोटोपन लामो समयदेखि रहने एउटा जटिल रोगका रूपमा छ जसका कारण शरीरमा अत्यधिक बोसो जम्मा हुँदा स्वास्थ्यमा हानि पुग्छ। त्यो बडी मास इन्डेक्सु ९बीएमआई० का आधारमा मापन गरिन्छ जसमा बालबालिका वा किशोर किशोरीहरूको जन्मँदाखेरीको यौनिक अवस्था, उमेर, तौल र उचाइसँग जोडेर हेर्ने गरिन्छ। मोबाइल फोन, टेलिभिजन वा अन्य स्क्रीनहरू र व्यायामको कमी समेत त्यस्ता जोखिम निम्त्याउने पक्षका रूपमा छन्। किन केही महिलाले महिनावारीको रगत अनुहारमा दल्छन्रु किशोरकिशोरीले सहमतिमा राखेको यौन सम्बन्ध किन अपराधरु डा वैशाखीका अनुसार पछिल्ला दुई वा तीन वर्षमा दैनिकजसो उनको बहिरङ्ग विभागमा पाँचदेखि छजना बालिकाहरूमा महिनावारीको घटना आउने गरेको छ।
दुवै अर्चना र राशीका छोरीहरूको कम्तीमा १० वा ११ वर्ष नपुग्दासम्म महिनावारी ढिलो गराउनका लागि उपचार भइरहेको छ।
चिकित्सकहरूले हालको उमेरमा ती बालिकाहरू आफ्नो ख्याल राख्नका लागि परिपक्व नहुने र उनीहरूलाई महिनावारीका बेला सरसफाइ गर्न कठिन हुनसक्ने बताउँछन्। ती दुवै चिकित्सकहरू समय अगावै यौवन अवस्था सामना गर्ने बालिकाहरूमा मनोवैज्ञानिक समस्याहरू देखा पर्न सक्ने बताउँछन्। अध्ययनहरूले ती बालिकाहरूमा जीवनभर आफ्नो शरीरको बनोट सम्बन्धी समस्याहरू हुनसक्ने र सानैमा शरीरमा हुने परिवर्तनले साथीहरूले जिस्क्याउने-होच्याउने समस्या हुनसक्ने पाएका छन्।