Thursday, July 30, 2026
Home Blog Page 1141
जेठ ३०,दैलेख । दैलेखको सरस्वती माविको आइसोलेसनमा उपचार गराई रहेका २२ जनाले शुक्रबार कोरोना जितेका छन्। कोरोना जितेर घर जानेमा भारतबाट आएका नारायण नगरपालिका भित्रका २२ जना पुरुष रहेका छन्। २२ जना पुरुषहरूलाई १५ देखि २५ दिनसम्म आइसुलेसनमा राखेर उपचार गराएपछि शुक्रबार कोरोनामुक्‍त भएका उनीहरुलाई घर पठाइएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिए। केही दिनअगाडि...
-गोपाल ढकालराष्ट्र सङ्घीय जनसङ्ख्या कोषले कोभिड-१९ को महामारी विश्वव्यापि फैलिरहँदा धेरै महिलाहरु परिवार नियोजनको पहुँचबाट टाढा हुदा ७० लाख महिलामा अनिच्छित गर्भरहने जनाएको छ। विश्वव्यापी कोरोना संक्रमणले यतिबेला लगभग सिंगै विश्व लकडाउनको अवस्थामा छ । मानसिहरु घरभित्रै सेल्फ क्वारेन्टाइनमा बसेकाछन् । मानिसको दैनिकीमा परिवर्तन आएको छ । कोरोनाको प्रभाव शारीरमा मात्र परेको छैन र पर्ने कुरा पनि होइन; व्यक्तिको...
जेठ २९, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बिहीबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु, पश्चिमको भूभाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्व–पश्चिम बनेको न्युन चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।यसैगरी, हाल प्रदेश १,बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश...
जेठ २९, मकवानपुर । मकवानपुरमा ज्वाइँले सासूको हत्या गरेका छन् । मकवानपुरगढी गाउँपालिका वडा नं १ फूलबारीटोलकी ७२ वर्षीया कान्छीमाया भोम्जनलाई उनकै कान्छा ज्वाइँ पदमबहादुर नेपालीले हत्या गरेको प्रहरीले जनाएको छ । अपाङ्गता भएकी छोरीसँग बस्दै आएकी वृद्धाका घरमा गत वैशाख ११ गतेदेखि प्यूठान घर भएका ज्वाइँ प्रहरीका पूर्व हबल्दार नेपालीसमेत बस्दै आएका थिए । उनै नेपालीले धारिलो...
जेठ २९, काठमाडौं । कुवेतबाट करिब ३ सय महिला श्रमिक आज स्वदेश फर्किने भएका छन् । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका महिलालाई कुवेतले काठमाडौं ल्याइदिन लागेको हो। उनीहरु आमाफी प्रक्रिया सामेल भएकाहरु हुन्। सबै प्रक्रिया टुंग्याएर आज दुई वटा उडानमा नेपाली आउन लागेको कुवेतमा लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले बताए। हिजो नै एउटा उडान गर्ने तयारी...
जेठ २८, भक्तपुर । भक्तपुरमा एक ट्रकका चालक बेपत्ता भएका छन् । बुधबार दिउसँ आएको बाढीमा परेर मकवानपुर हेटौडा उप महानगरपालिका वडा नं. ९ औद्योगिक क्षेत्र स्थायी घर भई ना ६ ख १६१६ नं. को ट्रकका चालक ५७ बर्षका नर बहादुर राउत रहेका छन् । भक्तपुर नगरपालिक वडा नं. १ चुनदेबी स्थित सर्भिस ट्रयाकमा रहेको ढलमा परी राउत बेपत्ता...
-कौशलकुमार भट्टराईनयाँ नक्सा अनुसारको नेपालको नयाँ क्षेत्रफल समेत कायम गर्ने विषयले नेपालको संसद्मा प्रवेश पाएको छ । संविधानमा संशोधनका लागि संघीय संसद्मा सरकारका तर्फबाट मंगलबार ‘नेपालको नक्सालाई संशोधन गर्न बनेको विधेयक’ प्रस्तुत भएको छ । नेपाल सरकारले लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेपछि नेपाल र भारतमा यसले राजनीतिक माहोल तताएको छ ।...
जेठ २८, काठमाडौं । नेपालमा कोरोना संक्रमितको कूल संख्या ४ हजार ३६४ पुगेको छ । देशभर २७९ कोरोनाभाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएको हो । यो संगै नेपाल ४ हजार ३ सय ६४ पुगेको छ ।मन्त्रालयले हालसम्म कोरानो निको भएर ६७४ जना घर फर्किएको जानकारी दिएको छ ।...
जेठ २८, काठमाडौँ — समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले प्रस्ततु गरेको संविधान संशोधन विधेयकको दफा २ खारेज गर्न संशोधन प्रस्ताव दर्ता गराएकी छन् । समाजवादी पार्टीले भने उक्त संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिएमा कारबाही गर्ने चेतावनी दिएको छ ।सांसद गिरीले बुधबार नेपालको संविधान (दोस्रो संशोधन)विधेयक, २०७७ माथि संशोधन प्रस्ताव दर्ता गराएकी हुन् । संघीय...
जेठ २८, भक्तपुर । सूर्यविनायक नगरपालिका रहेको एक गाईफार्ममा आगलागी भएको छ । मंगलबार राती करिब ११ः ३० बजेको समयमा सूर्यबिनायक नगरपालिका वडा नं. ४ दधिकोट स्थित मनसिंह बिष्ट ले संचालन गरेको गाईफार्ममा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । जस्ता र बाँसले बनाएको १ तल्ले गाईफार्म भएको टहरामा अचानक आगोलागी भएको जानकारी प्राप्त हुनासाथ तत्कालै महानगरीय प्रहरी...