संविधान संशोधन खारेज गर्न सांसद गिरीद्वारा प्रस्ताव दर्ता

184

जेठ २८,
काठमाडौँ — समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले प्रस्ततु गरेको संविधान संशोधन विधेयकको दफा २ खारेज गर्न संशोधन प्रस्ताव दर्ता गराएकी छन् । समाजवादी पार्टीले भने उक्त संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिएमा कारबाही गर्ने चेतावनी दिएको छ ।

सांसद गिरीले बुधबार नेपालको संविधान (दोस्रो संशोधन)विधेयक, २०७७ माथि संशोधन प्रस्ताव दर्ता गराएकी हुन् । संघीय संसद सचिवालयमा दर्ता गराएको उनको संशोधन प्रस्तावमा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छाप संशोधन गरेर नेपालको अद्याविधक नक्साअनुसारको नक्सा राख्ने बुँदा हटाउनुपर्ने माग छ । प्रतिनिधिसभा विधेयक शाखाका प्रमुख नारायण ढकालका अनुसार गिरीले बुधबार दिउँसो उक्त संशोधन प्रस्ताव दर्ता गराएकी हुन् । उनको संशोधन प्रस्तावले संविधान संशोधन गलत हो भन्ने माग गरेको ढकालले बताए । -कान्तिपुरबाट