भक्तपुरमा ट्रकका चालक कसरी भए बेपत्ता ?

277
तस्विरः शर्मीला शिल्पकारको फेसबुकबाट

जेठ २८,
भक्तपुर । भक्तपुरमा एक ट्रकका चालक बेपत्ता भएका छन् । बुधबार दिउसँ आएको बाढीमा परेर मकवानपुर हेटौडा उप महानगरपालिका वडा नं. ९ औद्योगिक क्षेत्र स्थायी घर भई ना ६ ख १६१६ नं. को ट्रकका चालक ५७ बर्षका नर बहादुर राउत रहेका छन् । भक्तपुर नगरपालिक वडा नं. १ चुनदेबी स्थित सर्भिस ट्रयाकमा रहेको ढलमा परी राउत बेपत्ता भएका महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्र.ना.उ. दिपक गिरीले जानकारी दिएका छन् ।अबिरल बर्षातको कारणले सडकबाट र ढलबाट बगेर आएको पानी सर्भिस ट्रयाकबाट भुमिगत हुँदै हनुमन्ते खोलामा जोडिएको ढलमा खस्न पुग्दा उनी बेपत्ता भएका हुन् ।

राउतले भक्तपुरको सल्लाघारीमा ख्वप हार्डवेयर पसलमा सिमेन्ट झारी सर्भिस ट्रयाकबाट फकर्दै थिए ।
ट्रकका सह चालक रुपेश सुनारका अनुसार राउत सडक र नालीबाट बगेको पानी सर्भिस ट्रयाकको किनाराबाट भुमिगत ढलमा बगिरहेको देखी ट्रक लाँदा उक्त ढलमा फस्छ कि फस्दैन भनी ट्रकबाट झरेका थिए । प्रहरीका अनुसार राउतलाई बगाएर लान सक्ने स्थानहरुमा भक्तपुर, काठमाण्डौ र ललितपुरका प्रहरी परिचालन गरी खोजतलास कार्य भईरहेको छ । खोजीकालागी नेपाली सेना र शसस्त्र प्रहरी बलको दैविक प्रकोप उद्धार टोलीबाट पनि खोजतलास कार्य भईरहेको हाल सम्म फेला पार्न नसकिएको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।