भक्तपुरमा गाईफार्ममा आगलागी, किसानलाई लाखौंको क्षति

265
All-focus

जेठ २८,
भक्तपुर । सूर्यविनायक नगरपालिका रहेको एक गाईफार्ममा आगलागी भएको छ ।
मंगलबार राती करिब ११ः ३० बजेको समयमा सूर्यबिनायक नगरपालिका वडा नं. ४ दधिकोट स्थित मनसिंह बिष्ट ले संचालन गरेको गाईफार्ममा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
जस्ता र बाँसले बनाएको १ तल्ले गाईफार्म भएको टहरामा अचानक आगोलागी भएको जानकारी प्राप्त हुनासाथ तत्कालै महानगरीय प्रहरी प्रभाग दधिकोटबाट प्रहरी टोली पुगेको थियो ।
करिब १२ः १५ बजे प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिईएको महानगरिय प्रहरी परिसर भक्तपुर सूचना अधिकारी डीएसपी दिपक गिरीले जानकारी दिएका छन् ।
उक्त आगलागीको घटनामा परेर टहरामा रहेका ६ वटा माउ गाईहरु, ३ वटा बाच्छा, ४० वटा स्थानीय जातका कुखुरा रहेकोमा ४ वटा गाई २ वटा बाच्छीको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
विष्टको फार्ममा आगलागी हुदाँ गाई, बाच्छाबाछी, कुखुरा, भुस, पराल, टहरा जलेर नष्ट हुदाँ करि ८ लाख ७० हजार रुपैयाँ बराबरको क्षती भएको हो ।