दुई अध्यक्षबीच खुलेर संवाद भयोः नेकपा नेता शर्मा

130

असार २१,
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा जटिल बन्दै गएको शक्ति संघर्ष जटिल मोडमा पुगेको छ। यस्तो अवस्थामा आइतवार बालुवाटारमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको वार्ता सकारात्मक भएको स्थायी कमिटी सदस्य जनार्दन शर्माले बताएका छन्। ‘बैठकमा पार्टीभित्र उठेका सबै बिषयमा छलफल भयो। तर, निर्णय हुन सकेको छैन’, उनले भने, ‘त्यस बिषयमा थप छलफलका लागि भोलि बिहान दुई अध्यक्षसहित बैठक बस्‍नेछ।’ आजको बैठकमा दुई अध्यक्षबीच खुलेर संवाद भएको उनले बताए। ‘बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैले खुलस्त कुरा राख्नुभएको थियोु, उनले थपे, ‘उहाँहरुको सहमतिमा नै भोलिका लागि वार्ता राखिएको छ। स्थायी कमिटी बैठक अघि नै सहमति जुटाउने प्रयासमा छौँ।ु