सुशान्त र उनकी पूर्व म्यानेजर मृत्यु करणः यस्तो छ अहिलेसम्मको भित्री कुरा

153

असार २२,
मुम्बई । केही वर्षअघि नायिका जिया खानको मृत्युपछि विवादमा घेरिएका सुरज पंचोली एकपटक पुनः विवादित बनेका छन् । सुशान्त र उनकी पूर्व म्यानेजर दिशा सालियानको आत्महत्यामा सुरजको नाम मुछिएको छ । भारतीय मिडियामा प्रकाशित विभिन्न खबरका अनुसार दिशा र सुरज सम्बन्धमा थिए । दिशा गर्भवतीसमेत भएकी थिइन् तर सुरज उनीसँग विवाह गर्न चाहँदैनथे । खबरमा बताइए अनुसार यसबारे सुशान्तलाई थाहा भएपछि उनले दिशालाई समर्थन गर्ने कोसिस गरे । सुरजको पर्दाफास गर्ने कोसिस गर्न थाले । यो विषयमा सुरजसँग उनको हातपात पनि बताइन्छ।

पछि बदलाको भावनाले सुरजको परिवारले सलमान र अन्डरवर्ल्डसँग मिलेर सुशान्तको हत्या गरिदिएको र अब शक्तिको प्रयोग गरेर यसलाई आत्महत्याको रुप दिइएको आरोपमा उल्लेख छ । यो थ्योरीलाई विश्वास गर्ने हो भने दिशाको आत्महत्याको विषयमा पनि प्रश्न उठाइएको छ । दिशाले १४ औं तल्लाबाट हाम फालेर आत्महत्या गरेकी थिइन् वा कसैले उनलाई धक्का दिएको थियो भनेर प्रश्न सोधिँदै छ । यी सबै आरोपबारे सुरजले आफ्नो स्पष्टिकरणमा भने, ‘मलाई थाहा छैन कि सुशान्तसँग कुन चाहिँ हातपातको कुरा भइरहेको छ रु उनीसँग मेरो कुनै पनि विवाद भएको छैन । यसबारे मैले पहिले नै स्पष्ट गरेकी छु । दोस्रो कुरा के हो भने सलमान खान मेरो जीवनमा किन संलग्न हुने रु के उनीसँग अर्को काम छैन ?’

 

 

।’