‘ओलीलाई हटाऔँ, न्यायाधीशलाई महाअभियोग लगाऔँ’ 

119

साउन ९,
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा। बाबुराम भट्टराईले मुलुक संकटउन्मुख रहेको भन्दै समाधानका लागि केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्नेसहित ५ बुँदे प्रस्ताव अघि सारेका छन् । शुक्रबार ट्वीट गर्दै भट्टराईले ५ बुँदे प्रस्ताव अघि सारेका हुन् ।

लोकतान्त्रिक ढंगले संकटमोचन गर्न संसद अधिवेशन बोलाउनुपर्ने, केपी ओलीलाई बिदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गर्नुपर्ने, ‘अपराधका संरक्षक न्यायाधीश’लाई महाअभियोग लगाउनुपर्ने, भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्नुपर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्ने उनले बताएका छन् ।