भक्तपुरमा जब बच्चा जन्मियो, अनि बलात्कारी पक्राउ

277

साउन ७,
भक्तपुर । रामेछाप खाँडादेबी गाउँपालिका–९ स्थायी घर भएका २२ वर्षीय राजेश भन्ने सुरेश भण्डारी मध्यपुरथिमिमा मासु पसल चलाउथे । मध्यपुर थिमि नगरपालिका–४ मध्यपुर अस्पताल अगाडी रहेको पसलमा २०७६ जेठ २७ गते एक किशोरी आइन् । उनी पत्रिकाको ग्राहक बनाउदै हिड्थिन् ।
भण्डारीले ती १७ वर्षकी किशोरीलाई पत्रिकाको ग्राहक बनिदिन्छु पैसा कोठामा छ, भन्दै फकाई डेरामा लगेर जबरजस्ती करणी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

महानगरिय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीका अनुसार भण्डारीले ती किशोरीलाई बलात्कार गरेपछि कोही कसैलाई भने मारी दिन्छु भनेर धाकधम्की दिए ।
पीडित किशोरीले जबरजस्ती करणी गरेको कुरा कोही कसैलाई भन्न नसकी चुपचाप बसेको र गर्भवती भई २०७६ माघ २६ गते बालकलाई जन्म दिइन् ।

२०७७ असार १४ गते जबरजस्ती करणी मुद्दामा पीडित किशोरीले जाहेरी दरखास्त दिएपछि प्रहरीले भण्डारीलाई प्रहरीले पक्राउ गरेको सूचना अधिकारी गिरीले बताए । जबरजस्ती करणी मुद्दाको कसुर बमोजिम एक बर्षे हद म्याद भएता पनि कोभिड(१९)संक्रमणको कारण अधिराज्यभर बन्दाबन्दी भएकाले भण्डारीलाई खोजतलास गर्दै जाँदा मंगलबार पक्राउ गरिएको प्रहरीको भनाई छ । पक्राउ परेका भण्डारीलाई जिल्ला अदालत भक्तपुर पेश गरेकोमा ७ दिन म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।