नारायणगढ-मुग्लिन सडक एकतर्फी खुल्यो

91

साउन ९,
चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका-६ स्थित चारकिलोमा आज बिहान ४ः२० बजे पहिरो खसेको थियो । सो पहिरो पन्छाएर बिहान ९ः१० बजेबाट सडक सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोही स्थानमा बिहीबार राति ८ः४५ बजे पनि पहिरो खसेको थियो । राति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमै फेरि पहिरो खसेर सडक अवरुद्ध भएको थियो । सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन् ।