साउन १९,
ललितपुर । वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ तानेर पुल्चोकबाट गाःबहाल लग्ने कुरा टुङ्गोे लागेको छैन । मुलुकमा दिनानुदिन कोरोना महामारी बढेसँगै उक्त रथ तान्ने कुराको यकिन जानकारी आउन नसकेको हो । विगतका वर्षमा मच्छिन्द्रनाथलाई रथारोहण गराएको चार दिनमा पुल्चोकबाट गाःबहालसम्म रथ तानेर लगिन्थ्यो । यस वर्ष कोरोना त्रासका साथै मानिसमा यसको लक्ष्य देखिन थालेकाले अब...
साउन १९,
काठमाडौं । सर्वोच्च अदालतमा नेपालभरका पुराना थोत्रा गाडी हटाई सफा गरी हरेक कार्यालय स्वच्छ तथा वातावरणमैत्री कार्यालय बनाउन आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालयसहित १४ लाई विपक्षी बनाई अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा आज दायर गरेको निवेदनमा पुराना प्रयोगमा नआउने सवारी साधनमा तत्काल आर्थिक क्षति तथा वातावरणमा प्रदूषण...
साउन १९,
बुटवल । अख्तियार दुरुपयोग अनुसनधान आयोगले बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत र सहायक संरक्षण अधिकृतलाई स्रोत नखुलेको नगदसहित पक्राउ गरेको छ । आयोगले उनीहरुलाई सोमबार रुपन्देहीबाट नियन्त्रणमा लिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकायालाई श्रोत नखुलेको नगद रकम रु.३,४८,००० (तीन लाख ४८ हजार) र विभिन्न मितिको...
साउन १८,
काठमाडौं । साहित्यकार जानू काम्बाङ्ग लिम्बुको शब्द रचना रहेको गीत “जुन जस्तो तिम्रो मुहार” सार्वजनिक भएको छ । बेलायतलाई कार्मभुमी बनाउदै नेपाली साहित्य र संगीतमा क्रियाशील लिम्बुको गीतमा गायन दिपक लिम्बु र जुनु राईको रहेको छ । सुमन राईले संगीतवद्द गरेको यस गीतलाई राजु कार्कीले संगीत संयोजन गरेका हुन् ।https://www.youtube.com/watch?v=hyV-aB5-nGo&feature=share&fbclid=IwAR1qskuap4hmzRTpEg9IVADuYRvX8NThh6piT5MSjX4bPzi6xCWBPx-7GqIलक डाउनको कारण ढिला सार्वजनिक भएको प्रेमिल शैलीको यस...
साउन १८,
काठमाडौं । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले स्थगित स्थायी समिति बैठक बोलाउन र पद छोड्नुपर्ने भन्ने दुबै मागलाई अस्वीकार गरेका छन् । बालुवाटार छलफलपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बेलुका सचिवालयका अन्य सदस्यहरुसँग ओली सहमतिमा आउन नचाहेको भन्दै यस्तो ब्रिफिङ गरेका हुन् ।प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीसँग छलफलपछि प्रचण्डले वरिष्ठ नेता...
साउन १८,
काठमाडौं । देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ३३२ पुगेको छ भने निको हुनेको संख्या १४ हजार ६०३ पुगेको छ । काठमाडौं उपत्यकामा ३१ सहित देशभर थप २४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । जसमा काठमाडौंका...
साउन १७,
धनुषा । जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नम्बर २ का ३५ बर्षीय विश्वेश्वर यादवले झुण्डिएर आत्महत्या गरे । तर, उनको मृत्युमा समाजको दुर्व्यवहार र सरकारको त्यो निर्णय पनि त्यतिकै जिम्मेवार छ । कोरोनालाई जितेर घर फर्किएका धेरैले छिःछि दुरदुरको व्यवहार सहनु परेको छ । घरपरिवार, आफन्त र समाजको त्यही दुर्व्यवहार सहन नसकेर प्राण त्यागेका छन् ।धनुषाको...
साउन १७,
लन्डन । लन्डनस्थित हिथ्रो विमानस्थलबाट आज शनिबार दिउँसो दुई सयको हाराहारीमा नेपाली स्वदेश फर्किएका छन् । लन्डनबाट कतार एअरवेजको क्यूआर ००४ नम्बरको फ्लाइटबाट उडेका नेपालीहरु कतारको दोहास्थित हम्माद अन्तरराष्ट्रिय विमानस्थलमा ट्रान्जिटका लागि अवतरण गर्नेछन् ।यसैगरी दोहाबाट भोलि आइतबार स्थानीय समय अनुसार बिहान ६ बजेर ३५ मिनेटमा काठमाण्डौका लागि उड्ने कतार एअरवेज...
साउन १७,
भक्तपुर । मुर्छित रहेका मध्यपुरका केही सांस्कृतिक सम्पदाहरु ब्युँझाउन नगरपालिका सक्रिय भएको छ । राष्ट्रिय विभूति शंखद्यर पार्कदेखि बालकुमारीको दुई पोखरी मात्र होइन यतिबेला व्यक्तिगत सम्पति बनिसकेको कमलपोखरीलाई समेत प्राण भर्न लागिपरेका छन् मध्यपुरथिमिका नगरप्रमुख मदनसुन्दर श्रेष्ठ । २०७४ साल जेठमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर आएका श्रेष्ठलेसांस्कृतिक सम्पदा र परम्परालाई जोगाउन बजेट विनियोजन गर्दै आएका...
साउन १७,
डोटी । सेती नदीमा नुहाउन गएका दुई स्वास्थ्यकर्मी बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेले दिएको जानकारीअनुसार बेपत्ता हुनेमा बझाङ घर भई डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्य सहायक९हेल्थ असिटेन्ट० विनयबहादुर सिंह र ल्याब असिटेन्ट हरि जोशी रहेका छन् । जिल्ला सदरमुकाम सिलगढीमा रहेको सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शैलेश्वरी...










