जानूको शब्दमा ‘जुन जस्तो तिम्रो मुहार’ सार्वजनिक, भिडियो सहित

343

साउन १८,
काठमाडौं । साहित्यकार जानू काम्बाङ्ग लिम्बुको शब्द रचना रहेको गीत “जुन जस्तो तिम्रो मुहार” सार्वजनिक भएको छ । बेलायतलाई कार्मभुमी बनाउदै नेपाली साहित्य र संगीतमा क्रियाशील लिम्बुको गीतमा गायन दिपक लिम्बु र जुनु राईको रहेको छ । सुमन राईले संगीतवद्द गरेको यस गीतलाई राजु कार्कीले संगीत संयोजन गरेका हुन् ।

लक डाउनको कारण ढिला सार्वजनिक भएको प्रेमिल शैलीको यस गीतलाई माया गरिदिन गीतकार लिम्बुले दर्शक, स्रोतालाई आग्रह गरेकी छिन् । हाल स्टुडियो भर्सनमा उपलब्ध भिडियोलाई गीतकार लिम्बुको अफ़िसिएल च्यानल ‘हाम्रै सेरोफेरो’ मार्फत सार्वजनिक गरेकी हुन् । उनका यो भन्दा अगाडी पनि केही सार्वजनिक भएका छन् ।