भदौं ६,
रामेछाप । उपभोक्ता समितिका अध्यक्षलाई बन्धक बनाई जबर्जस्ती खाली चेकमा हस्ताक्षर गराउन खोजेको आरोपमा पक्राउ परेका लिखुतामाकोशी गाउँपालिका अध्यक्ष गोविन्द खड्कालाई अनुसन्धानका लागि जिल्ला अदालतले १० दिनको म्याद थप गरेको छ । यसअघि उनलाई अदालतले सात दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको थियो ।गाउँपालिकाको धोबी बजारमा नाला निर्माण तथा ग्राभेल गर्न बनेको उपभोक्ता समितिका अध्यक्ष दर्पण घिसिङलाई...
भदौ ५,
अमेरिकाको क्यालिफोर्नियामा चट्याङ्गका कारण लागेको डढेलोका कारण राज्यका धेरै भागमा क्षति गरिरहेको छ । हालसम्म एक जनाको मृत्यु भएको छ भने धेरै घरहरुमा क्षति पुगेको छ । देशकै सबैभन्दा धेरै कोभिड–१९ का संक्रमित रहेको राज्य यतिबेला डढेलोसँग पनि जुझ्न परिरहेको हो ।
अधिकारीहरुका अनुसार ५ लाखभन्दा बढी एकड जमिनमा डढेलोको कारण क्षति पुगेको छ । यो हप्ता ७२ घण्टाको...
भदौ ५,
कैलाली । बिहीबार दिउँसोदेखि डोटीलगायत यहाँका अन्य तीन पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । कैलालीको अत्तरीयाबाट बितरण हुँदै आएको १३३ केभिए राष्ट्रिय प्रशारण लाइनको गोदावरी क्षेत्रमा तार चुडिएका कारण डोटीसहित डडेल्धुरा, अछाम, र बाजुराको विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध भएको हो । अवरुद्ध भएको विद्युत् सेवा सञ्चालनका लागि कर्मचारी खटिए पनि तार जडान गर्न नसकिएका कारण विद्युत्...
भदौ ५,
काठमाडौँ। उपत्यकामा जारी निषेधाज्ञा गरेकै दिनदेखि तरकारी र फलफूल मूल्य झन्डै ८० प्रतिशतसम्म वृद्धि भएको गोरखापत्रमा खबर छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबारको तुलनामा बिहीबार मुख्य तरकारीको भाउ थोकमै १० देखि ८० प्रतिशतसम्म महँगो भएको छ ।
बजारमा तरकारीको आपूर्ति सामान्य भए पनि माग बढी भएकाले मूल्य बढेको हुनसक्ने अनुमान समितिले गरेको छ...
भदौ ५,
काठमाडौं । यस वर्ष पर्वका अवसरमा मन्दिर नखुल्ने भएको छ । पशुपतिनाथ लगायत मुख्य मन्दिर चैतदेखि नै बन्द छन् । बुधबार रातिदेखि निषेधाज्ञा लागू भएपछि यस वर्ष महिलाले घरमै महादेवको पूजा आराधना गरी तीज मनाउँदै छन् । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र...
भदौं ५,
भक्तपुर । भदौ १० गतेसम्म लागूहुने निषेधाज्ञा कारण भक्तपुरका मुख्य र सहायक सडक प्रायः सुनसान देखिएका छन् । कोरोना संक्रमण भयावह हुन थालेपछि उपत्यकाका तीनै जिल्लामा बुधबार मध्यरातिदेखि निषेधाज्ञा लागु भएको छ ।काठमाडौँ, ललितपुर र भक्तपुरको संयुक्त जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैठकले दैनिक उपभोग्य वस्तुको ढुवानीरबिक्री, स्वास्थ्य सेवा, एम्बुलेन्स, मृत्युसंस्कार, सुरक्षा निकायलगायत अत्यावश्यकबाहेकका सबै क्षेत्र एक साता...
भदौ ४,
काठमाडौँ । नेपाल प्रहरीले ४९ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । विहिबार गरिएको सरुवा भएका सबै एसपीलाई भदौ महिनाको तलब सम्बन्धित जिल्लाबाटै खान पाउने गरेर सरुवा गरेको हो । सरुवा सूची अनुसार प्रज्वल मर्हजनलाई सिन्धुपाल्चोकबाट प्रहरी परिसर ललितपुर सरुवा गरिएको छ । शान्तिराज कोइरालाई राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयबाट बाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय चितवनमा...
भदौ ४,
काठमाडौं । बजारमा ३ वटा कम्पनीका प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० खुला भएका छन् । जीवनबीमा कम्पनी, लघुवित्त वित्तीय संस्था र हाइड्रोपावर क्षेत्रका १÷१ समेत गरी तीनवटा कम्पनीका आईपीओहरु बिक्रीका लागि खुला भएका हुन् । जीवनबीमा क्षेत्रबाट रिलाइन्स लाइफ इन्स्योरेन्स कम्पनी, लघुवित्त क्षेत्रबाट समाज लघुवित्त वित्तीय संस्था र जलविद्युत् क्षेत्रबाट लिवर्टी इनर्जीले एक सय रुपैंया मूल्य बराबरको आईपीओ...
भदौ ४,
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले धान रोपाई सकिएको लामो समय वितिसक्दा पनि सरकारले कृषकहरुलाई युरिया, डिएपी लगायतका मल उपलब्ध गराउन नसकेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काँग्रेसद्वारा गठिन कृषि तथा पशुपन्छी विकास मन्त्रालय समन्वय समिति संयोजक पद्म नारायण चौधरीले विहीबार प्रेस विज्ञप्ति जारी गरी समयमै मल उपलब्ध गराउनु नसक्नुले वर्तमान सरकार कृषि र कृषकहरुप्रति उदासिन...
भदौ ४,
काठमाडौं । देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएसँगै मृतकको संख्या १२६ पुगेको हो । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं, मकवानपुर र सप्तरीका १–१ तथा पर्साका ३ जना गरी ६ जनाको मृत्यु भएको जानकारी दिए । उनले बितेको २४ घण्टामा देशभर...










