नेपाल प्रहरीका ४९ एसपीको सरुवा, हेरौं

179

भदौ ४,
काठमाडौँ । नेपाल प्रहरीले ४९ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । विहिबार गरिएको सरुवा भएका सबै एसपीलाई भदौ महिनाको तलब सम्बन्धित जिल्लाबाटै खान पाउने गरेर सरुवा गरेको हो । सरुवा सूची अनुसार प्रज्वल मर्हजनलाई सिन्धुपाल्चोकबाट प्रहरी परिसर ललितपुर सरुवा गरिएको छ । शान्तिराज कोइरालाई राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयबाट बाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय चितवनमा सरुवा गरिएको छ ।

त्यसगरि स्याङ्जामा होविन्द्र बोगटीको सरुवा भएको छ । यस्तै प्रभु ढकालको गण्डकी प्रदेश ट्राफिक कार्यालय तनहुँ सरुवा भएको छ । यसैगरी सन्तोष भट्टराई पाल्पा, सन्तोष सिंह राठौर सर्लाही र प्रविण पोखरेलको रुपन्देही सरुवा भएको छ ।