९३ लाख कित्ता आईपीओ खुला

222

भदौ ४,
काठमाडौं । बजारमा ३ वटा कम्पनीका प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० खुला भएका छन् । जीवनबीमा कम्पनी, लघुवित्त वित्तीय संस्था र हाइड्रोपावर क्षेत्रका १÷१ समेत गरी तीनवटा कम्पनीका आईपीओहरु बिक्रीका लागि खुला भएका हुन् । जीवनबीमा क्षेत्रबाट रिलाइन्स लाइफ इन्स्योरेन्स कम्पनी, लघुवित्त क्षेत्रबाट समाज लघुवित्त वित्तीय संस्था र जलविद्युत् क्षेत्रबाट लिवर्टी इनर्जीले एक सय रुपैंया मूल्य बराबरको आईपीओ अंकित मूलयमै बिक्रीका लागि खुला गरेका हुन् । त्यसमध्ये रिलाइन्स लाइफ इजाजतप्राप्त नयाँ जीवनबीमा कम्पनीमध्येकै पहिलो आईपीओ जारी गर्ने बीमा कम्पनी समेत भएको छ ।