Thursday, October 1, 2026
Home अन्तर्राष्ट्रिय ७२ घण्टामा ११ हजार पटक चट्याङ्ग

७२ घण्टामा ११ हजार पटक चट्याङ्ग

198
aago

भदौ ५,
अमेरिकाको क्यालिफोर्नियामा चट्याङ्गका कारण लागेको डढेलोका कारण राज्यका धेरै भागमा क्षति गरिरहेको छ । हालसम्म एक जनाको मृत्यु भएको छ भने धेरै घरहरुमा क्षति पुगेको छ । देशकै सबैभन्दा धेरै कोभिड–१९ का संक्रमित रहेको राज्य यतिबेला डढेलोसँग पनि जुझ्न परिरहेको हो ।
अधिकारीहरुका अनुसार ५ लाखभन्दा बढी एकड जमिनमा डढेलोको कारण क्षति पुगेको छ । यो हप्ता ७२ घण्टाको अन्तरालमा राज्यमा ११ हजार पटकभन्दा चट्याङ परेको थियो । यसले धेरै स्थानमा डढेलोको सुरुवात गरेको सरकारी अधिकारीहरुको भनाइ छ । हाल राज्यका विभिन्न स्थानमा ३६७ वटा डढेलो सक्रिय रहेको जसमध्ये २६ वटालाई गम्भीर भनिएको छ । सान माटेयो र सान्टाक्रुजका ४९ हजार जनालाई सुरक्षितमा स्थानान्तरण गरिएको छ । एजेन्सी