भदौ ३,
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।
यसअघि घिमिरेको कपुरधारास्थित निवासमै पुगेर उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जलि अर्पण गरेका थिए ।१९७६ सालमा लमजुङमा जन्मिएका घिमिरे नेपाली छन्दकवितामा अग्रणी कवि हुन् । उनका...
भदौ ३,
काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारदेखि हुने निषेधाज्ञामा बैंकहरुको सेवा भने सञ्चालन हुने भएको छ । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकहरुले सेवा दिने बताए । तर सीमित शाखा सञ्चालनमा आउने उनको भनाइ छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले नै बैंकहरुलाई खुला राख्न दिने निर्णय गरेका हुन् । अत्यावश्यक क्षेत्र भएका कारण बैंकहरुलाई...
भदौ ३,
काठमाडौं । ललितपुरको पाटन अस्पताल, सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पर्साको नारायणी कोरोना अस्पतालमा गरी पछिल्लो पटक चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलाको बुधबार मृत्यु भएको हो । उनी साउन २१ गतेदेखि सो अस्पतालमा उपचाररत थिइन् ।त्यस्तै सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा...
भदौ ३,
काठमाडौं । संघीय संसद सचिवालयले हालै तयार गरिएको संघीय संसदको लोगोमा साजसज्जासम्बन्धी समस्या देखिएको भन्दै फिर्ता गरेको छ । लोगोमा रहेको नेपालको नक्सा लगायतका विषय परिमार्जन गरी उपलव्ध गराउने प्रतिवद्धता घरेलु तथा साना उद्योग कार्यालय ललितपुरले जनाएपछि फिर्ता गरिएको सचिवालयले जनाएको छ । संघीय संसद्का दुवै सदनका सदस्यहरूका लागि भन्दै ३ सय ५० लोगोहरू निर्माण गरिएका...
भदौ ३,
काठमाडौं । राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाउने समूहलाई प्रहरीले पक्राउ छ । गायक ग्याल्जेन दोर्जे तामाङ सहित ९ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका एक अधिकृतले जानकारी दिए ।ग्याल्जेनलाई प्रहरीले स्वयम्भूको भगवान पाउबाट पक्राउ गरेको हो । सो समूहले युट्युवमा अपलोड गरेको ‘देशद्रोही’ शीर्षकको भिडियो विवादमा परेको थियो ।पक्राउ परेका मुख्य आरोपी ग्याल्जोन दोर्जे...
भदौ ३,
काठमाडौं । अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलाश खोलामा आएको बाढीले बगाएर १७ जनालाई बेपत्ता बनाएको छ । बाढीले बगाएका ४ जनाको शव फेला परेको हो । बाढीले दुईवटा जलविद्युत्त, एम्बुलेन्स र नेपाल टेलिकमको गाडी बगाएको छ । बेपत्ता १७ जनाको पहिचान खुलिसकेको छ ।बाढीले २२ घर बगाएको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीको उद्धार...
भदौ २,
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको हो । १ सय १ वर्षको उमेरमा उहाँको मृत्यु भएको पारिवारिक श्रोेतले जनाएको छ । विगत लामो समयदेखि उहाँको घरमै राखेर उपचार भइरहेको थियो ।
भदौ २,
काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ११४ पुगेको हो। मृतकमा काभ्रे, मोरङ, नवलपरासी, धनुषा, बाके र कास्कीका १–१ जना पुरुष तथा तनहुँकी एक महिलाको रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
नेपालमा आज हालसम्मकै...
भदौ २,
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा बितेको २४ घण्टामा थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २८ हजार...
भदौ २,
काठमाडौं । मरेको कुखुरा बेचविखनको मुद्दामा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बीएण्डबी मिट मार्टलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ । विभागबाट खटिएको बजार अनुगमनको टोलीले सोमबार उक्त फर्मले गुणस्तरहीन मासुको बिक्रीवितरण गरेको पाइएपछि कारबाही गरेको हो ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६९२० बमोजिम गुणस्तरहीन बस्तु (मरेको कुखुराको मासु)बेचविखन गरेको पाएपछि सोही ऐनको दफा ३८(ङ)...









