मल आयातमा ढिलाईः दोषीमाथि कारवाही गर्न काँग्रेसको माग

229

भदौ ४,
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले धान रोपाई सकिएको लामो समय वितिसक्दा पनि सरकारले कृषकहरुलाई युरिया, डिएपी लगायतका मल उपलब्ध गराउन नसकेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काँग्रेसद्वारा गठिन कृषि तथा पशुपन्छी विकास मन्त्रालय समन्वय समिति संयोजक पद्म नारायण चौधरीले विहीबार प्रेस विज्ञप्ति जारी गरी समयमै मल उपलब्ध गराउनु नसक्नुले वर्तमान सरकार कृषि र कृषकहरुप्रति उदासिन रहेको प्रष्ट भएको बताए । विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यस किसिमका क्रियाकलापले कृषि र कृषकहरुलाई निरुसाहित गर्ने कार्य गरेको छ । सरकारी निकायको यस्तो गैरजिम्मेवार र लापरवाही प्रति गम्भीर अपात्ति प्रकट गर्दछौं ।’