काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)को वेबसाइड बन्द गरिएको छ । उता कर्मचारीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निलम्बन गरेका छन् । उनले यूएसएआईडीका दुई उच्च अधिकारीसहित धेरै कर्मचारीहरूलाई निलम्बित गरेका हुन् । निलम्बनमा पर्नेमा एजेन्सीका निर्देशक जोन वूर्हीज र उपनिर्देशक ब्रायन म्याकगिललगायत छन् । उनीहरूको इलन मस्क नेतृत्वको गभर्मेन्ट एफिसिएन्सी डिपार्टमेन्टका कर्मचारीसँग यूएसएआईडी सिस्टममा पहुँचको विषयमा विवाद...
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पहलमा तराई-मधेसकेन्द्रित दलले नयाँ मोर्चाबन्दीका लागि छलफल थालेका छन् । नागरिक उन्मुक्ति पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार तराई-मधेसकेन्द्रित ८ दलबीच यसबारे छलफल भइरहेको छ ।‘मधेश तथा थारु आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि आगामी दिनको रणनीति बनाएर जाने कुरा हुँदैछ । समान विचारवाहक आठ दलीय मोर्चाको काम कर्तव्य र अधिकारसहित भावी...
गण्डकी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेता तथा कार्यकर्ताबीच एकताबद्ध रूपमा सङ्गठित भएर अब कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज पोखरामा आयोजित प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै पार्टी सभापति देउवाले विद्यमान समावेशी एवं समानुपातिक राजनीतिक...
भक्तपुर । केएमसी अस्पतालमा दुवाकोटमा ४ दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । भक्तपुरको चागुनारायण नगरपालिका वडा न. २ रहेको अस्पतालमा १५-१८ गतेसम्म स्वास्थ्य शिविर संचालन भएको थियो ।बालरोग, आँखा, मानसिक तथा नशा, हाडजोर्नीलगायत विभिन्न रोग सम्बन्धि उक्त शिविरबाट ३ हजार ५ सय ६ जना लाभान्वित भएको अस्पतालले जानकारी दिएकोछ ।निकट भबिस्यमा दुवाकोटमा रहेको यस अस्पतालले सम्पूर्ण...
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटमा रहेको गोल्डेन सुनभागा इंग्लिस स्कुलले नौलो अभ्यास गरेको छ ।
शुक्रबार विद्यार्थी डे अन्र्तगत सम्पूर्ण शिक्षकहरुले आफ्नो जिम्मवारी एक दिनकोलागि विद्यार्थीहरुलाई सुम्पिए । जसमा कक्षा १० की सुस्मिता शाहि ठकुरीलाई विद्यालय प्रार्चाय बनाइएको थियो । उनी नियमित प्रार्चाय महेशचन्द्र गौतम बस्ने कार्यालयमा तेही कुर्सीमा बसेर प्रअको भूमिका निभाउदैं थिइन् ।नयाँ...
काठमाडौं । ६ महिनाको अवधिमा देखाउने कुनै राम्रा काम नभएपछि सरकारले अध्यादेश ल्याएको नेकपा ९एकीकृत समाजवादी०का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकमा शुक्रबार सम्बोधनका क्रममा वरिष्ठ उपाध्यक्ष पाण्डेले कांग्रेस–एमाले सरकार गठनको ६ महिना पुगिसक्दा पनि देखाउने राम्रो काम नभएपछि अध्यादेश ल्याइएको टिप्पणी गरेका हुन् ।‘दुईवटा ठूला पार्टीले सम्झौता गरेर सरकार बनाएका...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले अर्थतन्त्र सुधार्न वर्तमान सरकारलाई पाँच टिप्स दिएका छन् । सङ्घीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकको निर्धारित समयमा पार्टीका तर्फबाट बोल्दै डा। वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गर्न, कुल मागको गिरावट रोक्ने विशेष प्याकेज ल्याउन, निर्माण व्यवसायीलाई भुक्तानी दिन, सरकारी नीतिबाट सृजित दायित्व...
काठमाडौं । गायिका एलिना चौहानको वैवाहिक जीवन भत्किने अवस्थामा पुगेको छ। अस्ट्रेलिया बस्दै आएका बागलुङ निवासी विष्णु सापकोटा गत वैशाख ५ गते बिहे गरेकी एलिनाले शुक्रबार काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी हुन् ।
लामो समय प्रेम सम्बन्धमा रहेको यी जोडीबीच बिहेपछि कलह सुरु भएको थियो । कलहले घरेलु हिंसाको समेत अवस्था निम्तिएपछि छुट्टिने निर्णय गरेकी एलिनाले विष्णुविरुद्ध...
महेन्द्रनगर । कञ्चनपुरको लालझाडी गाउँपालिकाका एक जना भरुवा बन्दुकसहित पक्राउ परेका छन् । लालझाडी गाउँपालिका–३ का पुन्ना राना भरुवा बन्दुकसहित पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले घरमा अवैध एकनाले भरुवा बन्दुक लुकाएर राखेको फेला परेपछि रानालाई पक्राउ गरिएको बताइएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले भरुवा बन्दुक...
भक्तपुर । बागमती प्रदेश सरकारले भक्तपुर र धादिङमा ट्रमा सेन्टर बनाउनेः स्वास्थ्य मन्त्री किरण थापामगरले बताएका छन् ।
भक्तपुरको सिपाडोलमा रहेको केदारनाथकोशिर डोलेश्वर महादेव मन्दिरको १६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री थापामगरले भने “भक्तपुरको सूर्यविनायक नगर अस्पताल र धादिङको राजमार्गमा भएको अर्को अस्पताललाई ट्रमा सेन्टर बनाउने तयारी छ । ”वर्तमान बागमती प्रदेश सरकारले आउने आर्थिक वर्षको नीति तथा...










