केएमसी अस्पताल दुवाकोटमा स्वास्थ्य शिविर सम्पन्न, ३५ सय लाभान्वित

70

भक्तपुर । केएमसी अस्पतालमा दुवाकोटमा ४ दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । भक्तपुरको चागुनारायण नगरपालिका वडा न. २ रहेको अस्पतालमा १५-१८ गतेसम्म स्वास्थ्य शिविर संचालन भएको थियो ।

बालरोग, आँखा, मानसिक तथा नशा, हाडजोर्नीलगायत विभिन्न रोग सम्बन्धि उक्त शिविरबाट ३ हजार ५ सय ६ जना लाभान्वित भएको अस्पतालले जानकारी दिएकोछ ।

निकट भबिस्यमा दुवाकोटमा रहेको यस अस्पतालले सम्पूर्ण उपचार सेवा सुरु गर्ने तयारी समेत गरेको छ ।