Saturday, May 2, 2026
Home Blog Page 112
सूर्यविनायक नगरपालिकाको प्रसाशीयक भवन उद्घाटन भक्तपुर, । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठुला दलको सहकार्यमा रहेको अहिलेको सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने बताउनुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्रका पालामा शासन टिकाउनका लागि मरिमेट्दा विकास राम्ररी हुन नसकेको...
भक्तपुर । मुटु रोगको उपचार गरिरहेका पत्रकार प्रेम प्रजापतिलाई नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आर्थिक सहयोग गरेको छ । दुई महिनादेखि उपचाररत प्रजापतिको उपचारमा सघाउ पुर्‍याउन शाखाले संकलन गरेको २९ हजार रुपैयाँ आज हस्तान्तरण गरिएको हो । उनी पत्रकार महासंघ भक्तपुरका साधारण सदस्य हुन् ।प्रजापतिको निवास पुगेर सो शाखाका अध्यक्ष सुन्दर सिल्पकारले सहयोग रकम हस्तान्तरण गरेका हुन् । लामो...
वासिङ्टन डीसी । ग्रिनल्याण्डमाथि अमेरिकाको नियन्त्रण हुनेमा आफू विश्वस्त रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । हालैका हप्ताहरूमा, ट्रम्पले डेनमार्कको उक्त स्वायत्त क्षेत्र प्राप्त गर्न नयाँ चासो व्यक्त गरिरहेका छन् । ‘मलाई लाग्छ हामी यो प्राप्त गर्नेछौँ । त्यो टापुका ५६ हजार बासिन्दाहरू हामीसँग आउन चाहन्छन् ।’ ट्रम्पले शनिवार एयर फोर्स वानमा पत्रकारहरूलाई भनेका थिए । ट्रम्पको...
रुकुम पश्चिम । जिल्लामा प्रेममा परी विवाह गर्न भागेका घरभित्र मृत भेटिएका छन् । मृत भेटिनेमा त्रिवेणी गाउँपालिका–४ खुम्चेरी गाउँमा १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षकै सपना पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी ऋषि पाठकले जानकारी दिए । उनका अनुसार सपना वडा नम्बर ६ की हुन् । सपनालाई लोकेन्द्रले चार दिनअघि विवाह गर्ने भन्दै...
काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका-१७ मा भाइले कैची प्रहार गर्दा दाइको मृत्यु भएको छ । शनिबार राति साढे १२ बजेतिर ३५ वर्षीय दाइ लालबहादुर बोहरालाई उनका भाइ ३० वर्षीय प्रकाशले कैची प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीको प्रवक्ता दर्शन खड्काले बताए ।घाँटीमा कैची प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि मिसन अस्पताल धनगढीमा उपचारका लागि पठाइएको थियो । उपचारकै...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले न्यूनतम राजनीतिक संस्कार कायम राख्नु नेताहरूलाई आग्रह गरेकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म भन्दा वरिष्ठ नेताहरूलाई न्यूनतम राजनीतिक संस्कार कायम राख्नुहुन अनुरोध छ ।’ सरकारले रवि लामिछानेमाथि दुषित मनसाय राखेर अभियोजन गरिराखेको उनको आरोप छ । दूषित मनसाय राखेर अभियोजन गर्दा पनि नपुगेर सरकारमा रहेका दलका शीर्ष...
काठमाडौं । स्वास्थ मन्त्री प्रदीप पौडेलले पशुपन्क्षीलाई निरोगी बनाउदा त्यसको सकारात्मक योगदान औषधि ब्यवस्थापनमा पर्ने भएकाले कृषि मन्त्रालय संग मिलेर काम गर्न खोजेको बताएका छन। नेपाल पशुपन्क्षी औषधि ब्यवसायी संघको काठमाडौमा आयोजित२४औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले पशुपन्क्षी क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान रहेकाले यो क्षेत्रलाई ब्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। बिषयगत बिषयमा ब्यवसायी संगठन...
काठमाडौं । शुक्रबारदेखि हराएका अछाममा बाख्रा चराउन जङ्गल गएका दुई किशोरी मृत फेला परेका छन्। ढकारी गाउँपालिका वडा नम्बर ८ का दुई किशोरी शनिबार मृत फेला परेका हुन्।ढकारी गाउँपालिका वडा नम्बर १ मा रहेको छिन्ने जङ्गलमा सरस्वती खड्का र ईश्वरी खड्काको शव फेला परेको हो । अछामका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले अलग अलग स्थानमा दुई किशोरीको शव फेला...
भक्तपुर । सूर्यविनायक नगरपालिकाको कार्यालय आफ्‌नै यहिँ माघ १४ गते सोमबार नवनिर्मित प्रशासकीय भवन सर्ने भएको छ । भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिएका छन् । निर्माण कम्पनी भ्याली/बाबुरत्न जे.भी र नगरपालिकाबीच २०७६ पौष २४ गते निर्माण सम्झौता भएको थियो । उक्त भवनको शुरु लागत अनुमान...
मकवानपुर । मकवानपुरमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बागमती गाउँपालिका-३ घट्टेडाँडा बस्ने ५५ वर्षीय आइते सिंह बम्जनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । बम्जनले ती बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय फापरबारी र प्रहरी चौकी शिवराईगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो...