Sunday, September 27, 2026
Home शिक्षा भक्तपुरको गोल्डेन सुनगाभा स्कुलमा १० कक्षाकी सुस्मिता प्रार्चाय बनिन् !

भक्तपुरको गोल्डेन सुनगाभा स्कुलमा १० कक्षाकी सुस्मिता प्रार्चाय बनिन् !

326

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटमा रहेको गोल्डेन सुनभागा इंग्लिस स्कुलले नौलो अभ्यास गरेको छ ।
शुक्रबार विद्यार्थी डे अन्र्तगत सम्पूर्ण शिक्षकहरुले आफ्नो जिम्मवारी एक दिनकोलागि विद्यार्थीहरुलाई सुम्पिए । जसमा कक्षा १० की सुस्मिता शाहि ठकुरीलाई विद्यालय प्रार्चाय बनाइएको थियो । उनी नियमित प्रार्चाय महेशचन्द्र गौतम बस्ने कार्यालयमा तेही कुर्सीमा बसेर प्रअको भूमिका निभाउदैं थिइन् ।

नयाँ नेपाल न्यू्जसंग कुरा गर्दै सुस्मिताले भनिन् ‘म आज एक दिनको हेडसर भएर सरले गर्ने नियमित काम गर्दै छु ।’ यसबाट आफुमा आत्मविश्वास बढेको, सर मिसहरुको दुख थाहा हुन पाएको बताइन् । उनी जस्तै अन्य केही विद्यार्थीहरु शिक्षक, कोही पालेदाई, कोही चमेना गृहको संचालक बनेर आफ्नो भूमिका निभाइरहेका देखिन्थे ।

विद्यालयका प्रीसिन्पल महेशचन्द्र गौतम यस्तो अभ्यासले विद्यार्थीहरुले समाजलाई नजिकैबाट चिन्ने र असल नागरिक बन्न प्रेरणा मिल्ने बताए । हामीले किताबी ज्ञान मात्र नभएर अन्य व्यवहारी कुरा समेत सिकाएर एक असल नागरिक बनाउन विभिन्न कार्यहरु गर्दैै आइरहेका छौं, गौतमले भने । विद्यालयका अध्यक्ष लिलानाथ निरौलाले विगत दुई वर्षदेखि यस्तो अभ्यास गर्दै आइरहेको जानकारी दिए । निरौलाका अनुसार एक दिनको यस्तो अभ्यासबाट विद्यार्थीहरुले धेरै कुरा सिक्न पाउने छन् ।