Tuesday, July 28, 2026
Home Blog Page 1098
भदौ ३१ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफुले पार्टीमा फरक मत राखेको नभई सुझाव प्रस्तुत गरेको स्पस्ट पारेका छन् । पार्टीभित्र सहमति भइसक्दा समेत असन्तुष्टि जनाएका वरिष्ठ नेता नेपालले सहमतिलाई अझबढी जोड दिन आफुले १७ बुँदे सुझाव प्रस्तुत गरेको बताएका हुन् । बुधबार कुराकानी गर्दै वरिष्ठ नेता नेपालले स्थायी कमिटीका अन्य सदस्यहरुले पनि लिखित...
भदौ ३१, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रयबीच पार्टी एकता प्रक्रियामा आएको उल्झन टुङ्ग्याउने सहमति भएको छ । बुधबार दिउँसो ३ बजेदेखि ४ बजेसम्म अध्यक्षत्रय पशुपतिशम्शेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाबीच राणाको निवास महाराजगञ्जमा बसेको बैठकले सहमति र समझदारीबाटै पार्टी एकतालाई पूर्णता दिने सहमति भएको हो । अध्यक्ष कमल थापाले अध्यक्षत्रयको बैठकले पार्टी एकता अक्षुण्ण राख्ने प्रतिबद्धता...
भदौ ३१, काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण भोलिबाट ९असोज १० हुने भएको छ। यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, ठुलो भर्याङले सूचना निकालेर लाइसेन्स वितरण थाल्ने जानकारी गराएको छ । लाइसेन्स प्रिन्ट भए नभएको एकिन गरेर लिन आउन भनेको छ। लाइसेन्स वितरण बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै हुनेछ। यातायात व्यवस्था विभागले...
भदौं ३१ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्ष निकालेको छ । बोर्डले कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गरी परीक्षा सम्पन्न गर्न सरकारलाई सिफारिस गरेको छ ।लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा...
भदौं ३० काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान वा सङ्घसस्थालाई कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ । पार्टीले अन्तरपार्टी निर्देशन –५ जारी गर्दै पार्टीका नेताका नाममा स्थापना भएका प्रतिष्ठान, फाउण्डेशन, अध्ययन केन्द्र जस्ता संस्थालाई प्रदेश, जिल्ला, र स्थानीय तहमा कुनै पनि शाखा गठन र गविविधि गर्न रोक लगाउने निर्देशन दिएको हो । नेकपाले ती नेताका...
भदौं ३०, काठमाडौं । केरुङ नाकामा एक हजारभन्दा बढी कन्टेनर रोकिएको भन्दै त्यसलाई नेपाल ल्याउन पहल गरिदिन सरकारसँग माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघमा आबद्ध व्यवसायीहरूले मंगलबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहित मन्त्रालयका अधिकारीहरूलाई भेट गरी केरुङ नाकामा रोकिएका कन्टेनर ल्याउने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् ।महासंघका अध्यक्ष नरेश कटुवालले केरुङ नाकामा १० महिनादेखि मालवस्तु रोकिएर...
भदौं ३० काठमाडौं । यस वर्ष असोज २ गते शुक्रबारदेखि ३० गते शुक्रबारसम्म मलमास अथवा अधिकमास परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ ।मलमास अर्थात् अधिकमासमा नित्य कर्म पूजा, पाठ, जप,...
भदौ ३०, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५६ हजार ७८८ पुगेको छ । उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७८९ रहेको छ । जसमा संस्थागत...
भदौ २९, काठमाडौं । हिन्दुहरुको सबैभन्दा ठुला दुई पर्व दशैँ–तिहारजस्ता चाडवाड नजिकिँदैं गर्दा पश्चिम नेपालका दुर्गम क्षेत्रमा भने खाद्यान्नको अभाव देखिन थालेको छ । उत्तर–पश्चिम क्षेत्रका कर्णाली प्रदेशको उपल्लो डोल्पासहित पश्चिम बाजुरा, अछाम लगायतका तीन–चारवटा दुर्गम जिल्लाहरुमा खाद्यान्न दाल चामको अभाव देखिएको हो ।उक्त क्षेत्रहरुमा पहिलेको मौज्दात सकिँदै गएको र थप आपुर्ति हुन नसक्दा खाद्यान्नको अभाव देखिन थालेको...
भदौ २९, काठमाडौ । उपत्यकामा मात्र हालसम्म कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको सङख्या १२ हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले काठमाडौ उपत्यकामा हालसम्म १२ हजार २४८ जनामा सङ्क्रमण देखिएको बताए । देशभरमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ५५ हजार ३२९ पुगेको छ । तिमध्ये १० हजार सङ्क्रमित काठमाडौ जिल्लाका रहेका छन । काठमाडौ...