‘केरुङ नाकामा रोकिएका कन्टेनर ल्याउन पहल होस्’

85

भदौं ३०,
काठमाडौं । केरुङ नाकामा एक हजारभन्दा बढी कन्टेनर रोकिएको भन्दै त्यसलाई नेपाल ल्याउन पहल गरिदिन सरकारसँग माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघमा आबद्ध व्यवसायीहरूले मंगलबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहित मन्त्रालयका अधिकारीहरूलाई भेट गरी केरुङ नाकामा रोकिएका कन्टेनर ल्याउने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् ।

महासंघका अध्यक्ष नरेश कटुवालले केरुङ नाकामा १० महिनादेखि मालवस्तु रोकिएर बसेको भन्दै छिटोभन्दा छिटो कुटनीतिक पहल गरी नेपाल ल्याउने व्यवस्था मिलादिन मन्त्री भट्टसमक्ष माग गरे ।
यस्तै, लकडाउनका कारण लामो समय पसल बन्द गर्नुपरेकाले उनीहरूले ब्याज तिर्नुपर्ने समय थप गर्ने व्यवस्था मिलाइदिन समेत आग्रह गरे । भेटमा मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले व्यवसायीका माग सम्बोधनका लागि पहल गर्ने आश्वासन दिए ।