मेरो कुराले पार्टी एकता झन् बलियो हुन्छः नेता नेपाल

326

भदौ ३१
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफुले पार्टीमा फरक मत राखेको नभई सुझाव प्रस्तुत गरेको स्पस्ट पारेका छन् । पार्टीभित्र सहमति भइसक्दा समेत असन्तुष्टि जनाएका वरिष्ठ नेता नेपालले सहमतिलाई अझबढी जोड दिन आफुले १७ बुँदे सुझाव प्रस्तुत गरेको बताएका हुन् । बुधबार कुराकानी गर्दै वरिष्ठ नेता नेपालले स्थायी कमिटीका अन्य सदस्यहरुले पनि लिखित र मौखिक रुपमा सुझावहरु दिएको उल्लेख गर्दै आफुले राखेका विषयहरुलाई पनि सुझावका रुपमा लिनुपर्ने बताए ।

आफुले राखेको सुझावले पार्टीलाई ट्रयाकमा ल्याउने, अगाडि बढ्न गति प्रदान गर्ने र अधिकतम उद्देश्यलाई साकार पार्न सहयोग गर्ने बताए । अधिकतम उद्देश्यलाई पुरा गर्न नसके पार्टीको औचित्य नै नरहने भएकाले आफुले सहमतिलाई मजबुत बनाउन र अझ बढी बहस गर्नुपर्ने आवश्यकता देखेकाले सुझाव प्रस्तुत गरेको स्पस्ट पारे । यस्तै नेता नेपालले महाधिवेशन पछि बन्ने पार्टीका संरचनाहरु छरितो हुनुपर्ने बताएका छन् । उनले पार्टीका विभिन्न संगठन तथा कमिटीहरु छरितो भएमात्रै संगठन गतिशिल हुने र जनताको बृहत्तर हितका लागि काम गर्न सक्ने बताए ।