आयो दशैंः पश्चिम नेपालमा भने खाद्यान्नको अभाव

207

भदौ २९,
काठमाडौं । हिन्दुहरुको सबैभन्दा ठुला दुई पर्व दशैँ–तिहारजस्ता चाडवाड नजिकिँदैं गर्दा पश्चिम नेपालका दुर्गम क्षेत्रमा भने खाद्यान्नको अभाव देखिन थालेको छ । उत्तर–पश्चिम क्षेत्रका कर्णाली प्रदेशको उपल्लो डोल्पासहित पश्चिम बाजुरा, अछाम लगायतका तीन–चारवटा दुर्गम जिल्लाहरुमा खाद्यान्न दाल चामको अभाव देखिएको हो ।

उक्त क्षेत्रहरुमा पहिलेको मौज्दात सकिँदै गएको र थप आपुर्ति हुन नसक्दा खाद्यान्नको अभाव देखिन थालेको हो । वर्षामा आएको बाढी, पहिरोसँगै ती जिल्लासँग जोड्ने बाटो घाटो तथा पुल पुलेसाहरु भत्किँदा खाद्यान्न ढुवानीमा समस्या आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । पश्चिम दुर्गम क्षेत्रबाट खाद्यान्नको अभाव हुन थालेको भन्ने सूचना आएपनि ढुवानीको समस्याका कारण आपूर्ति हुन नसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रवन्ध निर्देशक नेत्रप्रसाद सुवेदीले जाकारी दिएका छन् । तर, सो क्षेत्रमा तत्काल खाद्यान्न ढुवानी गर्ने गरी खाद्यले प्रक्रिया अघि बढाइसकेको सुवेदीको भनाई छ ।

‘प्रमुखतः अहिले खाद्यान्नको समस्या कर्णाली प्रदेशमा माथिल्लो डोल्पा र सुदर पश्चिम अछाम र बाजुरा लगायतका केहि ३–४ जिल्लामा देखिएका छन् । पश्चिम अछाम र बाजुरामा करिब करिब ढुवानी भइसकेको अवस्था छ । कूल २ हजार मेट्रिकटनको माग रहेकोमा झण्डै आधाजस्तो खाद्यान्न सो क्षेत्रमा पठाइसकेका छौं । बाँकी आधा पनि अब छिट्टै पठाउने तयारीमा छौं ।’
माथिल्लो डोल्पाका ३–४ स्थानमा खाद्यान्न अभाव देखिन थालेको सूचना आएको छ । सो क्षेत्रमा पनि आवश्यकताका आधारमा आपत्कालिन हवाई तथा हेली नै प्रयोग गरेर भने पनि खाद्यान्नको ढुवानी गर्ने तयारी खाद्यले गदैछ’ सुवेदीले भने । रातोपाटी