Monday, July 27, 2026
Home Blog Page 1088
असोज २१, बलिउड । अभिनेता अजय देवगनका भाइ अनिल देवगनको निधन भएको छ । अजयले भाइको निधनको खबर आफ्नो सोसल मिडिया अकाउन्टमार्फत् जानकारी दिएका छन् । उनले मंगलबार आफ्नो ट्वीटर अकाउन्टमा लेखेका छन्, ‘हिजो राती मैले मेरो भाइ अनिल देवगनलाई गुमाएँ । उनको असामयिक निधनले हाम्रो परिवार विक्षिप्त छ । अजय देवगन फिल्म्स र मलाई उनको कमीले घोचिरहनेछ ।...
असोज २१, काठमाडौं । मंसिर ८ गते नेत्रविक्रम चन्दको नेकपाले स्थापना दिवस धुमधामसँग मनाउने भनेको छ । प्राप्त जानकारीअनुसार त्यसदिन सैन्य शक्ति प्रदर्शन गर्ने योजनाअनुसार अहिले विभिन्न जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेका छन् । पश्चिम नेपालको कालिकोट, जुम्ला, जाजरकोटलगायत जिल्लामा प्रशिक्षण सम्पन्न गरेर टोली डोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान र रोल्पा पुगेको छ । केन्द्रीय सैन्य कमाण्डर उदय चलाउनेको...
असोज २१, भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ४ दधिकोटको अनन्तलिङ्गमा सामुदायीक होमस्टे सुरु भएको छ । मंगलबार एक कार्यक्रमका बीच सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले होमस्टेको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै नगरप्रमुख थापाले होमस्टेबाट पर्यटन प्रर्वद्धन गर्ने सकेमा यस क्षेत्रको आर्थिक विकाशमा टेवा पुग्ने बताए । कला संस्कृतिको संरक्षण गर्दै आवश्यक पूर्वाधारको समेत बनाएर होमस्टे संचालन...
असोज २०, काठमाडौं । राष्ट्रिय ध्वजवाहक नेपाल एयरलाइन्सलाई २ साताका लागि हङकङ प्रवेश निषेधित भएको छ । गत शुक्रबार काठमाडौं टु हङकङ फ्लाइट गरेको एयरलाइन्समा सवार ५ जना यात्रुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि हङकङले एयरलाइन्समाथि प्रतिबन्ध लगाएको हो । शुक्रबार साँझ ८ बजे नेपालबाट हङकङ उडेको एयरलाइन्समा सवार कुल १२० जना यात्रुहरुमध्ये ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि...
असोज २०, काठमाडौं । कोरोनाबाट नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ९ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरानाबाट मृत्यु हुनेको कुल संख्या ५६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज देशभर २२ हजार ७०९ जना सक्रिय संक्रमित रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा ९ हजार ११८ र होम आइसोलेसनमा १३ हजार ५९१ जना रहेका छन्...
असोज २०, काठमाडौँ । पेस्तोल देखाएर आतंक मच्चाउने रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–९ का २१ वर्षीय राजकुमार हरिजन र पेस्तोल लुकाउन सहयोग गर्ने मायादेवी गाउँपालिका–४ गुण्डीढालाका ३९ वर्षीय सदानन्द सहानी पक्राउ परेका छन् । हरिजनल आफ्नै घरबाट पक्राउ परेका हुन् ।हरिजनको बयानको आधारमा सहानीले सञ्चालन गरेको नास्ता पसलभित्र लुकाई छिपाई राखेको अवस्थामा कटुवा पेस्तोल बरामद भएपछि उनलाई पनि पक्राउ गरिएको...
असोज २०, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालयको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा कुनै छलफल भएन । प्रधानमन्त्री निवासमा आज बसेको सचिवालयको बैठकमा मन्त्रिपरिषद पुनर्गठनको विषयमा छलफल हुने भनिएको थियो तर त्यसको विषयमा कुनै चर्चा नै नभएको बताइएको छ । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको बारेमा कुनै पनि छलफल नभएको बताए । उक्त विषयमा प्रधानमन्त्री केपी...
काठमाडौं । जीतु नेपालले संचालन गर्दै आएको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को दोस्रो सिजन आगामी सोमबार देखि प्रसारण हुँदैछ । दोस्रो सिजनको शोमा केही कुराहरु परिवर्तन गरिएको छ । पहिलो सिजनमा दिपाश्री निरौला अध्यक्षको रुपमा रहेकी थिइन् भने दोस्रो सिजनमा करिश्मा मानन्धर अध्यक्षको रुपमा देखिदैछिन् ।अध्यक्षमा करिश्मा मानन्धर आएपछि दिपा बाहिरिएको भन्ने खबरले मिडिया छायो । तर, जीतु नेपालले...
असोज २०,काठमाडौं । यदि ट्याटु खोप्न सौखिन हुनुहुन्छ भने सावधान हुनुहोस् । यो शौखले तपाईंलाई मुटुसम्बन्धि खतरा बढाउन सक्छ । जर्नल अफ अप्लाइड फिजियोलोजीमा प्रकाशित अनुसन्धान अनुसार छालामा ट्याटु भएक कारण त्यसमा पसिना नियन्त्रण गर्ने क्षमता घट्ने गर्छ । जसका कारण शरीरको तापक्रम बढ्ने गर्छ । यसले हाइपोथर्मिया र हिट हार्ट अट्याकको खतरा बढाउन सक्छ । अनुसन्धानका अनुसार ट्याटु...
असोज २०, यौन स्वास्थ्य । आम रुपमा यौन सम्बन्धलाई लिएर महिलाको मनमा डर र संशय रहेको हुन्छ भन्ने बुझिन्छ । जस्तो, उनीहरु आफ्नो फिगर, लुक्स र व्यक्तित्वलाई लिएर धेरै सोच्छन् । पुरुषको मनमा अन्तरङ्ग सम्बन्धलाई लिएर खासै चिन्ता हुँदैन र उनीहरुको एउटै उद्देश्य आफ्नो महिला पार्टनरलाई सन्तुष्टि महसुस गराउन केन्द्रीत रहन्छ भनिन्छ । तर, पुरुषहरु पनि शारिरीक सम्बन्धका दौरान चिन्तित...