समाचारमा आएको जस्तो निकालिएको होइनः जीतु नेपाल

383

काठमाडौं । जीतु नेपालले संचालन गर्दै आएको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को दोस्रो सिजन आगामी सोमबार देखि प्रसारण हुँदैछ । दोस्रो सिजनको शोमा केही कुराहरु परिवर्तन गरिएको छ । पहिलो सिजनमा दिपाश्री निरौला अध्यक्षको रुपमा रहेकी थिइन् भने दोस्रो सिजनमा करिश्मा मानन्धर अध्यक्षको रुपमा देखिदैछिन् ।

अध्यक्षमा करिश्मा मानन्धर आएपछि दिपा बाहिरिएको भन्ने खबरले मिडिया छायो । तर, जीतु नेपालले अध्यक्षमा दिपाश्री निरौला नरहेपनि सहकार्य नटुट्ने बताए । उनले फेसबुकमा लेखेका छन्, ‘मुन्द्रे कमेडी क्लबको ७६ भाग सम्म पहिलो सिजनको अध्यक्ष आदरणीय दिपाश्री निरौला ज्यु सहित आदरणिय राजाराम पौडेल दाई लुनिभा तुलाधर जी, सिवहरी बैरागी दाई, सन्धा बुढा (काउली) ज्यु, राजेन्द्र नेपाली (लट्टे) भाई सबै जना मुन्द्रे कमेडी क्लब परिवारको सदस्य हो कुनै पनि बेला हाम्रो सहकार्य फेरि रहन्छ ।

कसैलाई पनि समाचारमा आएको जस्तो निकालिएको होइन । फेरि कोहि आउनै नमिल्ने ल्याउदै नल्याउने होइन केबल सिजन–२ मा केही नयाँ गरौं भन्ने मुन्द्रे कमेडी क्लबका निर्माता निर्देशक लगायत निर्माण टिमको सल्लाहमा यसका अध्यक्ष लगायत केही पात्रहरु परिवर्तन हुनु भएको हो । परिवर्तन हुनु भनेको हटाउनु होइन । अर्को सिजनमा फेरि पनि हाम्रो सहकार्य अवश्य रहनेछ । कार्यक्रमको आवश्यकता अनुसार हामी सबैलाई समेट्ने छौं । सिजन–२ को नयाँ भाग आगामी सोमबारबाट राती ८:५० बजे नेपाल टेलिभिजनमा र त्यसपछि जीतु कमेडी युट्यव च्यानल मार्फत संसार भर हेर्नसक्नु हुनेछ ।’
असोज २०