नेपाल एयरलाइन्सलाई हङकङ प्रवेश निषेध

208

असोज २०,
काठमाडौं । राष्ट्रिय ध्वजवाहक नेपाल एयरलाइन्सलाई २ साताका लागि हङकङ प्रवेश निषेधित भएको छ । गत शुक्रबार काठमाडौं टु हङकङ फ्लाइट गरेको एयरलाइन्समा सवार ५ जना यात्रुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि हङकङले एयरलाइन्समाथि प्रतिबन्ध लगाएको हो । शुक्रबार साँझ ८ बजे नेपालबाट हङकङ उडेको एयरलाइन्समा सवार कुल १२० जना यात्रुहरुमध्ये ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि हङकङले एयरलाइन्समाथि दुई साता प्रतिवन्ध लगाएको नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काकाले बताइन् ।

योसँगै ४ अक्टोबर २०२० देखि १७ अक्टोवर २०२० सम्म नेपाल एयरलाइन्सले हङकङका लागि कुनै पनि फ्लाइट गर्न नपाउने भएको छ । प्रवक्ता खण्डकाकाअनुसार नेपालबाट कोरोना परीक्षण पीसीआर रिपोर्ट नेगेटिभ आएकाहरुमा नै उता९हङकङ०मा पोजेटिभ देखिएको हो । हाल दुईवटा फ्लाइटमार्फत नियमित हङकङ उडान गरिरहेको नेपाल एयरलाइन्सको दुईवटै फ्लाइट २७ अक्टुबरसम्म क्यान्सिल हुन पुगेको छ । -रातोपाटी