पेस्तोल देखाएर आतंक मच्चाउने पक्राउ

145
सांकेतिक तस्विर

असोज २०,
काठमाडौँ । पेस्तोल देखाएर आतंक मच्चाउने रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–९ का २१ वर्षीय राजकुमार हरिजन र पेस्तोल लुकाउन सहयोग गर्ने मायादेवी गाउँपालिका–४ गुण्डीढालाका ३९ वर्षीय सदानन्द सहानी पक्राउ परेका छन् । हरिजनल आफ्नै घरबाट पक्राउ परेका हुन् ।

हरिजनको बयानको आधारमा सहानीले सञ्चालन गरेको नास्ता पसलभित्र लुकाई छिपाई राखेको अवस्थामा कटुवा पेस्तोल बरामद भएपछि उनलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले मंगलबार सहानीको खाजाघर तलासी गर्दा झोलामा लुकाई राखेको अवस्थामा उक्त कटुवा पेस्तोल फेला परेको प्रवक्ता खत्रीले भने ।

हरिजनले कोटहीमाई गाउँपालिका– २ गुलरियाका स्थानीयलाई पेस्तोल देखाउँदै आतंक मच्चाएको खबर सोमबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पुगेको थियो । सोही सूचनाको आधारमा उनीहरु पक्राउ परेका हुन्,’ प्रवक्ता खत्रीले भने । यस सम्बन्धमा प्रहरीले अवाश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।