अजय देवगनका भाइ अनिलको निधन

225

असोज २१,
बलिउड । अभिनेता अजय देवगनका भाइ अनिल देवगनको निधन भएको छ । अजयले भाइको निधनको खबर आफ्नो सोसल मिडिया अकाउन्टमार्फत् जानकारी दिएका छन् । उनले मंगलबार आफ्नो ट्वीटर अकाउन्टमा लेखेका छन्, ‘हिजो राती मैले मेरो भाइ अनिल देवगनलाई गुमाएँ । उनको असामयिक निधनले हाम्रो परिवार विक्षिप्त छ । अजय देवगन फिल्म्स र मलाई उनको कमीले घोचिरहनेछ । आत्माका लागि प्रार्थना गर्नुहोस् । कोरोनाभाइरस महामारीका कारण कुनै व्यक्तिगत शोक सभा आयोजना गरिएको छैन ।’ अनिलको मृत्युको कारण भने पुष्टि हुन सकेको छैन । तर भारतीय केही मिडियामा उनी क्यान्सरबाट ग्रसित भएको बताइन्छ । -एजेन्सी