Monday, July 27, 2026
Home Blog Page 1079
कार्तिक १६, काठमाडौं । तीन जना नवनियुक्त राजदूतहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । नवनियुक्त राजदूतहरु गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्काले आइतबार राष्ट्रपति भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । सपथग्रहण समारोहमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
कार्तिक १६, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ९ सय ६० पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ जना रहेको छ । आज संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ११, प्रदेश नम्बर २ मा २९, बागमती प्रदेशमा ५ हजार ३ सय...
कार्तिक १५, भक्तपुर । भक्तपुरका ईटा व्यवसायीहरुले नयाँ ईटा उत्पादन नगर्ने भएका छन् । कोरोना भाइरस त्रास कायमै रहेकाले कामदार ल्याउन समस्या भएको हुनाले यस वर्ष भक्तपुरमा नयाँ ईटा उत्पादन नहुने भएको हो । भक्तपुर ईटा व्यवसायी संघका अध्यक्ष नातीभाई हेम्बाका अनुसार स्थानीय सरकार र व्यवसायीहरुको भावनालाई मध्यनजर गर्दै यो वर्ष उद्योग संचालन नगर्ने छलफल भएको हो । तर,...
-विदुरप्रसाद तिमिल्सिना भुल्न सकेको छैन् मेरा बा! परिश्रमले थाकेका तनमा थकाइ मार्न बसेका गुन्द्री थिच्दै पहाड चढेझैँ काँधमा अनि हट घोडा हटको तालमा सङ्कोच बिना नै उफ्री उफ्री बिताएको समय ।खेतबारीको परिश्रममा खटेर रातदिन आँत भर्ने अनाज पेटमा हाल्न सन्तानका सुदूर भविष्यका लागि आफ्नो अङ्गुठोले लागउँदाको कालो सन्तानका अङ्गुठोले नपरोस् समात्न भन्दै परिश्रमका दाना पस्कने मेरा बा बने मेरो प्रथम ईश्वर !कठोर परिश्रमका लतमा लागेका बाका गालाका चाउरिएका छाला परिश्रम गर्दा नपाएका प्रतिफलमा नयनका रक्त...
कार्तिक १५, भक्तपुर । शनिबार खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–८, दार्जिलिङ हाईटमा खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुदाँ सोही स्थानका ५० वर्षीय कृष्णराम सुवालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । खेत जोत्ने हाते ट्याक्टर पक्की सडकबाट भिरालो बाटोमा गुडाएर ल्याउदा अनियन्त्रित भई पल्टिई दुर्घटना भएको महानगरिय प्रहरी परिसर भक्तपुरका...
कार्तिक १५, कञ्चनपुर । कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा आज बिहान दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जङ्गलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीय सीता साउदको शव भेटिएको हो । दुवै जना गत असोज २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेको र आज बिहान जङ्गलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर...
कार्तिक १५, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर स्थित तीनकुनेको खाली जग्गामा १५०० वटा गुर्जोको विरूवा रोपेको छ । त्यस्तै आजै मात्र उपत्यकास्थित ४४ वटै ट्राफिक कार्यालयमा पनि ५–५ वटा गुर्जोको विरूवा रोपिएको छ ।आज शनिबार एक कार्यक्रमका बीच महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखप्रहरी वरिष्ट उपरीक्षक भीमप्रसाद ढकाल, प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादव, प्रहरी अधिकृत तथा कर्मचारीहरूको सहभागितामा...
कार्तिक १५, उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरमा धानमा पानी लगाउनको लागि मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार यसरी करेन्ट लागेर मृत्यु हुने महिला त्रियुगा नगरपालिका–२ खैजनपुरकी ३८ वर्षीया रीता बुढाथोकी रहेकी छिन् ।शुक्रबार बेलुकी ४ः०० बजेतिर धानखेतमा पानी लगाउन मोटर चलाउँदा तत्कालै बुढाथोकीलाई करेन्ट लागेको थियो ।...
कार्तिक १५, कैलाली । कैलालीमा प्रहरीले २९ जना जुवाडेलाई प्रकाउ गरेको छ । कैलालीको जोशीपुर गाउँपालिका–१ स्याउले स्थित एक घरबाट जुवातास खेलिरहेको अवस्थामा आज प्रहरीले उनीहरु लाई प्रकाउ गरेको हो । जुवातास खेलीरहेको सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय मातहतबाट खटिइएको प्रहरी टोलीले उनीहरु बाट नगद रु २,५१,४०० र ८ गड्डी ताससहित बरामद गरी...
कार्तिक १२, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टीमा आवद्ध सम्पूर्ण सक्रिय कार्यकर्ताका लागि लेवी तोकेको छ । नयाँ निर्णयसँगै पार्टीको सिफारिसमा कुनै लाभको पदमा गएका व्यक्तिले पनि पार्टीलाई लेवी बुझाउनु पर्ने हुन्छ । गत वैशाखमा तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई जनता समाजवादी पार्टी नेपाल बनेको थियो भने गएको आसारमा निर्वाचन आयोगबाट मान्यता...