साहित्य: प्रण

-विदुरप्रसाद तिमिल्सिना
भुल्न सकेको छैन् मेरा बा!
परिश्रमले थाकेका तनमा
थकाइ मार्न बसेका गुन्द्री थिच्दै
पहाड चढेझैँ काँधमा अनि
हट घोडा हटको तालमा
सङ्कोच बिना नै
उफ्री उफ्री बिताएको समय ।

खेतबारीको परिश्रममा खटेर रातदिन
आँत भर्ने अनाज पेटमा हाल्न
सन्तानका सुदूर भविष्यका लागि
आफ्नो अङ्गुठोले लागउँदाको कालो
सन्तानका अङ्गुठोले नपरोस् समात्न
भन्दै परिश्रमका दाना पस्कने
मेरा बा बने मेरो प्रथम ईश्वर !

कठोर परिश्रमका लतमा लागेका
बाका गालाका चाउरिएका छाला
परिश्रम गर्दा नपाएका प्रतिफलमा
नयनका रक्त मिश्रित आँसुले
सङ्घर्षका जिउँदो कथालाईस
बाले बोकेका जिम्मेवारीका भारी
मैले पढेका पुस्तकका पानामा
खोज्दैछु जिम्मेवारीको तस्वीरस
यो सिङ्गो जीवनका कथाब्यथा
सगर चुम्ने बाको चिन्तनलाई
प्रतिच्छायाका माध्यमबाट
उचाइमा लैजाने प्रणमा
लाग्दैछु तन्मयका साथ !!
                                            भक्तपुर